हराउँदै गएको रैथाने बाली जोगाउदै कृषक
अछाम, साउन १९। अछामको चौरपाटी गाउँपालिका–५ लुंग्राका कृषकहरूले हराउँदै गएको रैथाने बाली संरक्षण अभियान सुरु गरेका छन् । स्थानीय कृषकहरूले यस वर्षदेखि कोदो, भटमास, जुवारो, धान, मकै लगायत स्थानीय जातका बाली पुनः खेती गर्न थालेका हुन् ।
वि–क्यान परियोजनाको सहयोगमा सम विकास नेपालले विभिन्न गाउँमा रैथाने बाली संरक्षणसम्बन्धी अभियान सञ्चालन गरेपछि कृषकहरू यस अभियानप्रति आकर्षित भएका छन् । पछिल्लो समय हाइब्रिड बालीको प्रयोग बढ्दै जाँदा परम्परागत स्थानीय बाली लोप हुने अवस्थामा पुगेपछि संरक्षण अभियानलाई तीव्र बनाइएको हो ।
स्थानीय कृषक मिठ्ठुदेवी खड्का र चन्द्रकला पाण्डेले आफूहरूले विगतदेखि नै रैथाने बाली लगाउँदै आएको बताउनुभयो । तर जङ्गली जनावरका कारण बाली जोगाउन चुनौती भइरहेको उहाँहरूको भनाइ छ । उहाँहरूले रैथाने बाली स्वादिलो, पोषणयुक्त तथा स्वास्थ्यका लागि लाभदायक भएकाले यसको संरक्षण आवश्यक रहेको धारणा राख्नुभयो । कृषि प्राविधिक कलशी कठायतका अनुसार रैथाने बाली पोषणयुक्त, रोग प्रतिरोधात्मक क्षमता भएका तथा स्थानीय वातावरणसँग सहज रूपमा अनुकूल हुने भएकाले यसको संरक्षण अपरिहार्य छ ।
वडा अध्यक्ष हिमकर्ण खड्काले रैथाने बाली स्वादिलो, स्वस्थकर र कम खर्चिलो हुने भएकाले यसको खेती विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । रैथाने बाली संरक्षण अभियानले स्थानीय कृषि संस्कृति जोगाउनुका साथै कृषकलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आयकर दाखिलामा उत्कृष्ट निसर्ग अस्पताल, अध्यक्ष तीर्थराज पन्त सम्मानित
धनगढी, मंसिर १ । आर्थिक वर्ष २०८१–०८२ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामध्ये पर्न सफल निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर प्रालिसम्मानित भएको
डडेल्धुरामा राष्ट्रिय कर दिवस मनाइयो, कर सप्ताह सुरु
डडेल्धुरा, मंसिर १ । राष्ट्रिय कर दिवसको अवसरमा डडेल्धुरामा विविध कार्यक्रम गरी कर सप्ताह सुरु गरिएको छ। आन्तरिक राजस्व कार्यालय डडेल्धुराको
डडेल्धुराको उग्रतारा मन्दिरमा ८ गते ‘देहीजाँत’ मेला लाग्ने
डडेल्धुरा, कात्तिक ३० । सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक शक्तिपीठ डडेल्धुरास्थित उग्रतारा भगवती मन्दिरमा मंसिर ८ गते देहीजाँत मेला लाग्ने










प्रतिकृया दिनुहोस