उग्रतारा मेलाः स्थानीय उत्पादनकोे किनबेच
डडेल्धुरा,मंसिर ८। सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मंगलबार लागेको देहीजाँत मेलामा दर्शनार्थीको घुइँचो छ। मन्दिरमा पूजाआजा र धार्मिक गतिविधिसँगै मेलास्थलमा स्थानीय रैथाने कृषि उपज तथा परम्परागत हस्तकलाका सामग्रीको किनबेच पनि भइरहेको छ। पहाडी तथा हिमाली क्षेत्रका विभिन्न गाउँबाट आफ्नै उत्पादन बोकेर आएका किसान र साना व्यापारीका कारण मेला स्थानीय उत्पादनको बजारसमेत बनेको छ।
मेलास्थलमा कतै डोकोमा ल्याइएका केरा बिक्री भइरहेका छन् त कतै झोलाभरि काठका काईँयो राखेर व्यापारी ग्राहक कुरिरहेका भेटिन्छन्। दाल, भमिरो, अदुवा, उखु, सुन्तला, बदाम, ओखर, टिमुरदेखि भाङोसम्मका स्थानीय उत्पादन बिक्रीका लागि राखिएका छन्। गाउँघरमा दैनिक प्रयोग हुने पाथन, मदानी, नाम्लो र डोकोजस्ता परम्परागत सामग्रीले पनि मेलामा छुट्टै आकर्षण थपेका छन्।
बैतडीको सिगासबाट आएका सालिभान साउँद आफ्नै बारीमा उत्पादन गरेको स्थानीय जातको केरा बिक्री गर्न मेलामा पुगेका छन्। दुई डोको केरा बोकेर आएका उनले मेलामा बिक्रीका लागि राखेका छन्। आफ्नै बारीमा उत्पादन गरेको केरा बजारसम्म पु¥याउन पाउनु र एकै ठाउँमा धेरै ग्राहक भेटिनु उनका लागि मेलाको अवसर हो।
डडेल्धुराको अजयमेरुका जयदेव चुनारा भने मेलको काठबाट बनाइएका काइयो बिक्री गरिरहेका छन्। झोलाभरि काईँयो बोकेर मेलामा आएका उनले प्रतिगोटा एक सय रुपैयाँमा बिक्री गरिरहेका छन्। परम्परागत सीप प्रयोग गरेर तयार पारिएका यस्ता सामग्रीको व्यापार गर्न उनी हरेक वर्ष मेला लाग्ने अवसर कुरिरहेका छन्।
डोटीको बुडरबाट आएका शंकर भट्टराई मदानी बिक्री गर्न मेलामा पुगेका छन्। गाउँघरमा दही बाट मोही पार्न प्रयोग गरिने मदानी पछिल्लो समय बजारमा पाइने आधुनिक सामग्रीका कारण ओझेलमा पर्दै गए पनि ग्रामीण क्षेत्रमा यसको प्रयोग अझै कायमै छ।
बझाङको बित्थडचिरकी महेश्वरी बोहरा भाङो बिक्री गरिरहेकी छन्। उनले एक मानो भाङो एक सय रुपैयाँमा बिक्रीका लागि राखेकी छन्। पहाडी क्षेत्रमा उत्पादन हुने भाङो स्थानीय खानपान र परम्परागत प्रयोगसँग जोडिएको उपज हो। गाउँबाट ल्याएको उत्पादन बिक्री गरेर घर फर्किने उनको योजना छ।
मेलामा कृषि उपज मात्रै होइन, हिमाली क्षेत्रबाट संकलन गरेर ल्याइएका विभिन्न जडीबुटीसमेत बिक्रीका लागि राखिएका छन्। नाम्लो, डोकोलगायत हस्तकलाका सामग्रीले पनि मेलामा स्थानीय सीप र श्रमको प्रतिनिधित्व गरेका छन्। बजारमा सहजै नपाइने यस्ता सामग्री मेलामा एकै ठाउँमा भेटिने भएकाले दर्शनार्थीले पनि चासोका साथ हेर्ने र किन्ने गरेका छन्।
ग्रामीण भेगका किसान र साना व्यवसायीका लागि उग्रतारा मेला उत्पादन बिक्री गर्ने मौसमी बजार बनेको छ। नियमित बजारसम्म उत्पादन पु¥याउन नसक्ने किसानले मेला लाग्ने दिनलाई लक्षित गरेर घरमै उत्पादन गरेका वस्तु बोकेर आउने गरेका छन्। धार्मिक मेलामा आउने हजारौं दर्शनार्थी सम्भावित ग्राहक हुने भएकाले पनि उनीहरू व्यापारको आशा लिएर यहाँ पुग्ने गर्छन्।
उग्रतारा क्षेत्र विकास समितिले पनि मेलामा स्थानीय कृषि उपजको बिक्रीवितरणलाई विशेष प्राथमिकता दिएको जनाएको छ। समितिका अध्यक्ष तेजबहादुर साँकीले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणलाई ध्यानमा राखेर मेलामा तिनको बिक्रीका लागि विशेष स्थान दिइएको बताए। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको मेलालाई स्थानीय उत्पादनको बजारसँग जोड्न खोजिएको उनको भनाइ छ।
पूर्णता पाउँदै दोधारा–चाँदनी सुक्खा बन्दरगाह
कञ्चनपुर, मङ्सिर ८ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोधारा–चाँदनी सुक्खा बन्दरगाहसँग जोडिएको भारतको
सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारामा आज ‘देहिजाँत’, अमरगढीमा सार्वजनिक बिदा
डडेल्धुरा, मंसिर ८ । सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज ‘दिउसेडी’ मेला लाग्दैछ । उग्रतारा क्षेत्र विकास समितिका अनुसार
नेपाललाई २ खर्ब ४० अर्ब सहयोग गर्ने भारतको घोषणा
काठमाण्डौ, मंसिर ७ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई विकास सहकार्य प्याकेज
-

उग्रतारा मेला नजिकिएसँगै भक्तजन र पर्यटकको घुइँचो, दैनिक हजारभन्दा बढीको आवागमन
-

लगातार दुई फाइनलको हार भुलाउँदै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, मन्सीको कीर्तिमानी शतक
-

विद्यार्थीमा बीमा सचेतना बढाउन सुदूरपश्चिममा दुई प्रदेशस्तरीय प्रतियोगिता हुँदै
-

डडेल्धुराको प्रसिद्ध बडाल जाँत सुरु
-

कर सप्ताहको तेस्रो दिन डडेल्धुरामा करदाता शिक्षा तथा अन्तरक्रिया






प्रतिकृया दिनुहोस