पूर्णता पाउँदै दोधारा–चाँदनी सुक्खा बन्दरगाह
कञ्चनपुर, मङ्सिर ८ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोधारा–चाँदनी सुक्खा बन्दरगाहसँग जोडिएको भारतको वनबासामा निर्माण हुने एकीकृत जाँच चौकी (आइसिपी) को संयुक्त रूपमा शिलान्यास गर्नुभएको छ।
वनबासामा निर्माण हुने एकीकृत जाँच चौकी कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहसँग सम्बन्धित भारतीयतर्फको पूर्वाधार हो। नेपालतर्फ सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी निर्माणको काम यसअघि नै सुरु भइसकेको छ। नेपाल र भारत दुवैतर्फ आवश्यक पूर्वाधार निर्माण भएपछि सीमापार व्यापार, पारवहन तथा मालसामानको आवागमन थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका सूचना अधिकारी हरिकृष्ण मिश्रका अनुसार र नेपालतर्फ दोधारा चाँदनीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाहको काम तीव्र गतिमा भइरहेको छ। भारतीयतर्फ पनि एकीकृत जाँच चौकी निर्माणको शिलान्यास भई काम सुरु हुने भएपछि आयोजना सम्पन्न हुने आधार थप बलियो भएको उहाँले बताउनुभयो।
दुवै देशतर्फ एकैसाथ आवश्यक पूर्वाधार निर्माण भएपछि दोधारा चाँदनी सुक्खा बन्दरगाह सञ्चालनमा ल्याउन सहज हुने छ। सुक्खा बन्दरगाह सञ्चालनमा आएपछि कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशका उद्योगी, व्यवसायी तथा आयातनिर्यातकर्तालाई भारतीय बन्दरगाह र अन्य व्यापारिक केन्द्रसँगको सम्पर्कमा सहजता हुने छ। यसबाट ढुवानी तथा पारवहन लागत घट्नुका साथै सीमापार व्यापार व्यवस्थित हुने अपेक्षा गरिएको छ।
दोधारा–चाँदनी नगरपालिका–१ स्थित मायापुरी र गौरीशङ्कर सामुदायिक वन क्षेत्रमा निर्माण भइरहेको सुक्खा बन्दरगाहको हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको छ। भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन सो पूर्वाधार निर्माणको जिम्मा भारतीय कम्पनी कम्ट कन्स्ट्रक्सन प्रालिले पाएको छ। हालसम्म बन्दरगाह परिसरमा घेरबार, भवनका आधारभूत संरचना, आवासीय भवन तथा अन्य पूर्वाधार निर्माणको काम भइरहेको छ।
निर्माण सुरु भएको ११ महिना भएको र सम्झौता अनुसार ३० महिनाभित्र आयोजना सम्पन्न गर्नुपर्ने भए पनि अबको आठदेखि नौ महिनाभित्रै काम सक्ने लक्ष्यका साथ निर्माणलाई तीव्रता दिइएको ठेकेदार कम्पनीका प्रतिनिधि तेजबहादुर चन्दले जानकारी दिनुभयो।
उग्रतारा मेलाः स्थानीय उत्पादनकोे किनबेच
डडेल्धुरा,मंसिर ८। सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मंगलबार लागेको देहीजाँत मेलामा दर्शनार्थीको घुइँचो छ।
सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारामा आज ‘देहिजाँत’, अमरगढीमा सार्वजनिक बिदा
डडेल्धुरा, मंसिर ८ । सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज ‘दिउसेडी’ मेला लाग्दैछ । उग्रतारा क्षेत्र विकास समितिका अनुसार
नेपाललाई २ खर्ब ४० अर्ब सहयोग गर्ने भारतको घोषणा
काठमाण्डौ, मंसिर ७ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई विकास सहकार्य प्याकेज
-

उग्रतारा मेला नजिकिएसँगै भक्तजन र पर्यटकको घुइँचो, दैनिक हजारभन्दा बढीको आवागमन
-

लगातार दुई फाइनलको हार भुलाउँदै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, मन्सीको कीर्तिमानी शतक
-

विद्यार्थीमा बीमा सचेतना बढाउन सुदूरपश्चिममा दुई प्रदेशस्तरीय प्रतियोगिता हुँदै
-

डडेल्धुराको प्रसिद्ध बडाल जाँत सुरु
-

कर सप्ताहको तेस्रो दिन डडेल्धुरामा करदाता शिक्षा तथा अन्तरक्रिया






प्रतिकृया दिनुहोस