लगातार दुई फाइनलको हार भुलाउँदै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, मन्सीको कीर्तिमानी शतक
काठमाडौं, मंसिर ५। जर्ज मन्सीको विस्फोटक शतकप्रेरित सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपिएल० को तेस्रो संस्करणको उपाधि जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्यो। सुदूरपश्चिमको जितमा जर्ज मन्सी नायक बने। उनले ५४ बलमा १२ छक्का र ८ चौकासहित अविजित १२५ रन बनाए। मन्सीले ४९ बलमै शतक पूरा गरेका थिए। विनोद भण्डारीले पनि २७ बलमा ३ चौकासहित अविजित ३० रन बनाए।
मन्सीको विस्फोटक ब्याटिङसामु लुम्बिनीका कुनै पनि बलर प्रभावकारी बन्न सकेनन्। उनले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्दै लुम्बिनीलाई खेलमा फर्कने मौका नै दिएनन्। सुदूरपश्चिमले पावरप्लेमा ६० रन बनाएको थियो। पहिलो विकेटका लागि मन्सी र भण्डारीले ३० बलमै ५० रनको साझेदारी गरे।
त्यसपछि पनि उनीहरूको आक्रमण रोकिएन। दुवैले १० ओभरमा टोलीको स्कोर ९० रन पुर्याए। पहिलो विकेटका लागि ६४ बलमा शतकीय साझेदारी पूरा गरेका उनीहरूले ८० बलमै १५६ रनको लक्ष्य पार गरे। त्यसपछि उनले थप आक्रामक ब्याटिङ गर्दै टोलीलाई सहज जित दिलाए।
योसँगै मन्सी एनपिएलको फाइनलमा शतक बनाउने पहिलो खेलाडी बने। यसअघि पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले बनाएको ८७ रन नै फाइनलमा व्यक्तिगत उच्च स्कोर थियो। मन्सीले उक्त कीर्तिमान तोड्दै फाइनलमा १२५ रनको अविजित इनिङ्स खेले।
दुई फाइनलको हारपछि सुदूरपश्चिमको ऐतिहासिक सफलता
सुदूरपश्चिमका लागि यो उपाधि विशेष रह्यो। पहिलो र दोस्रो संस्करणमा लगातार फाइनल पुगे पनि उसले उपाधि जित्न सकेको थिएन। पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्ससँग हारेको थियो।
तेस्रो प्रयासमा भने सुदूरपश्चिमले इतिहास बदल्न सफल भयो। यसपटक पनि उपाधि यात्रामा उसका लागि लुम्बिनी नै ठूलो चुनौती बनेको थियो। लिग चरणको पहिलो खेलमै लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिम पहिलो क्वालिफायरमा पनि त्यही टोलीसँग हारेको थियो।
तर, दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको सुदूरपश्चिमले निर्णायक खेलमा भने लुम्बिनीलाई कुनै मौका दिएन। अघिल्ला दुई फाइनलको हारको पीडा भुलाउँदै तेस्रो प्रयासमा उसले उपाधि उचाल्यो।
लुम्बिनीको ब्याटिङः दिलीपको धैर्य, अलीको आक्रमण
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक ३९ रन बनाए। उनले ३१ बलमा ३ छक्कासहित अविजित इनिङ्स खेले।
कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाउँदा निरोशन डिक्वेलाले १७ बलमा २८ रन जोडे। डार्सी सर्टले १८ बलमा २१ र अली शेखले १२ बलमा २४ रन बनाए। अलीले २ चौका र २ छक्का प्रहार गरे।
लुम्बिनीको सुरुवात भने राम्रो हुन सकेन। दोस्रो ओभरको दोस्रो बलमै आशिफ शेख १ रनमा आउट भए। स्कट कुगेलेइनले उनलाई एलबीडब्लू धरापमा पारे। त्यसपछि डार्सी सर्ट र रोहितले दोस्रो विकेटका लागि ३० रन जोडे। सर्ट २१ रन बनाएर पाँचौँ ओभरमा आउट भए।
रोहित र डिक्वेलाले तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गर्दै लुम्बिनीको इनिङ्स सम्हाले। डिक्वेला २८ रन बनाएर १०।१ ओभरमा आउट भए। त्यसपछि रोहित र दिलीप नाथले चौथो विकेटका लागि ३४ रन जोडे।
तर, १५औँ ओभरको अन्तिम बलमा रोहित रनआउट भए। दिलीपसँगको रन लिने क्रममा भएको तालमेल अभावले उनले विकेट गुमाएका थिए। दिलीपले रनका लागि कल गर्नुअघि नै रोहित दौडिएका थिए। रोहितले ३० रन बनाए।
त्यसपछि सन्दीप जोरा पनि ४ रनमै आउट भए। दिलीप र अलीले छैटौँ विकेटका लागि ३३ रनको साझेदारी गरेपछि लुम्बिनीले अन्तिम ओभरमा गति बढायो। अली २४ रन बनाएर आउट भए पनि दिलीप अन्तिमसम्म क्रिजमा रहे।
सुदूरपश्चिमको बलिङमा चार खेलाडी प्रभावकारी
सुदूरपश्चिमका बलरहरूले लुम्बिनीलाई १५५ रनमा रोक्न महत्त्वपूर्ण भूमिका खेले। स्कट कुगेलेइनले ४ ओभरमा २५ रन दिएर २ विकेट लिए। हेमन्त धामीले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए। थारिन्दु रत्नायकेले २४ रनमा १ विकेट लिँदा कप्तान दीपेन्द्रसिंह ऐरीले २५ रन दिएर १ विकेट हात पारे।
तर, अनिल खरेल र इशान पाण्डेको बलिङ भने महँगो साबित भयो। अनिलले २ ओभरमा २५ र इशानले २ ओभरमा ३० रन खर्चिए। दुवैले विकेट लिन सकेनन्। लुम्बिनीले यी दुई बलरविरुद्ध आक्रामक ब्याटिङ गर्दै रन गति बढाएको थियो।
तर, लुम्बिनीले बनाएको १५५ रनको योगफल मन्सीको ब्याटिङसामु निकै कम साबित भयो। सुदूरपश्चिमले फाइनलमा १० विकेटको शानदार जित निकाल्दै तेस्रो संस्करणको उपाधि आफ्नो नाममा लेखायो। सेतोपाटीबाट
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल सिजन ३ को च्याम्पियन
काडमाण्डौ, मंसिर ५। नेपाल प्रिमियर लिग एनपीएल सिजन ३ को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला,
२५ स्टाफ नर्स सहित डडेल्धुरा अस्पतालमा ५६ कर्मचारी माग
डडेल्धुरा, मंसिर ५। संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालले विभिन्न पदमा ५६ जना कर्मचारी भर्ना गर्ने भएको छ। अस्पतालले शुक्रबार एक सूचना जारी
स्थानीय चुनाव वैशाखमा, प्रदेशको मंसिरमा गर्ने आयोगको प्रस्ताव
काठमाडौं, मंसिर ४ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशको निर्वाचन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ । शुक्रबार राष्ट्रिय
-

लगातार दुई फाइनलको हार भुलाउँदै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, मन्सीको कीर्तिमानी शतक
-

सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल सिजन ३ को च्याम्पियन
-

२५ स्टाफ नर्स सहित डडेल्धुरा अस्पतालमा ५६ कर्मचारी माग
-
स्थानीय चुनाव वैशाखमा, प्रदेशको मंसिरमा गर्ने आयोगको प्रस्ताव
-
..jpeg)
प्रधानमन्त्री शाहको भारत भ्रमण मन्त्रीपरिषदबाट स्वीकृत
-

डडेल्धुराको उग्रतारा मन्दिरमा ८ गते ‘देहीजाँत’ मेला लाग्ने
-

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आयोगले दलहरूलाई बोलायो
-

डडेल्धुरामा राष्ट्रिय कर दिवस मनाइयो, कर सप्ताह सुरु
-

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै
-

उग्रतारा मेला नजिकिएसँगै भक्तजन र पर्यटकको घुइँचो, दैनिक हजारभन्दा बढीको आवागमन

प्रतिकृया दिनुहोस