प्रधानमन्त्री शाहको भारत भ्रमण मन्त्रीपरिषदबाट स्वीकृत

काठमाडौँ, मङ्सिर ४ । प्रधानमन्त्री वालेन्द्र शाहको आगामी मङ्सिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण नेपाल सरकारले स्वीकृत गरेको छ।   

बिहीबार बसेको नेपाल सरकार,  मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा हुने भारत भ्रमण स्वीकृत गर्नुका साथै भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो ।

बैठकले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितको जीवनरक्षा तथा तत्कालीन आपत्कालीन उद्धार र राहत कार्यका लागि चीन सरकारबाट प्राप्त हुने दुई मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफबाट ‘र्‍यापिड क्रेडिट फेसिलिटी’ आरसिएफ अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन अमेरिकी डलर ९१६ अर्ब ३९ लाख ९० हजार नेपाली रुपियाँ ० बराबरको निर्व्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसैगरी, मन्त्रिपरिषद्‌ले देशभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय गरेको छ ।

बैठकले नीतिगततर्फ तीन महत्त्वपूर्ण दस्तावेजसमेत स्वीकृत गरेको छ । जसमा ‘राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना ९सन् २०२६–२०३००, ‘ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नर्म्स, २०८३’ र ‘राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३’ स्वीकृत गर्ने निर्णय समावेश छन् ।

प्रतिकृया दिनुहोस

स्थानीय चुनाव वैशाखमा, प्रदेशको मंसिरमा गर्ने आयोगको प्रस्ताव

काठमाडौं, मंसिर ४ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशको निर्वाचन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ । शुक्रबार राष्ट्रिय

देहीजातमा मेलौलीमा दुई दिन बिदा, मदिरा निषेध

बैतडी, मंसिर ४ । बैतडीको मेलौलीस्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने ऐतिहासिक देहीजातलाई लक्षित गर्दै दुई दिन बिदा दिईएको छ । मेलौली

डडेल्धुराको प्रसिद्ध बडाल जाँत सुरु

डडेल्धुरा, मंसिर ४ । डडेल्धुराको प्रसिद्ध बडाल जाँत सुरु भएको छ। गन्यापधुरा गाउँपालिका–२ स्थित बडालमा बिहीबार राति रतेडी मेला लागेकोमा आज मुख्य

↑