देहीजातमा मेलौलीमा दुई दिन बिदा, मदिरा निषेध
बैतडी, मंसिर ४ । बैतडीको मेलौलीस्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने ऐतिहासिक देहीजातलाई लक्षित गर्दै दुई दिन बिदा दिईएको छ । मेलौली नगरपालिकाले जात्राको अवसरमा यही मंसीर ७ र ८ गते दुई दिन स्थानिय सार्वजनिक बिदा दिएको हो ।
जात्रालाई शान्तिपूर्ण र मर्यादित बनाउन मेला अवधिभर मदिराको बिक्री–वितरण तथा सेवनमा समेत प्रतिबन्ध लगाइएको छ । नगरपालिकाले जारी गरेको सूचनाअनुसार आगामी मंसिर ७ र ८ गते नगरपालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी संघसंस्था तथा शिक्षण संस्थामा स्थानीय सार्वजनिक बिदा दिइनेछ । देहीजातमा स्थानीयवासीको उल्लेख्य सहभागिता रहने भएकाले जात्रामा सहज सहभागिता सुनिश्चित गर्न नगरपालिकाले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ ।
मेलौली भगवती मन्दिरमा प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन परम्परागत रूपमा देहीजात लाग्ने गर्दछ । धार्मिक आस्था, स्थानीय संस्कृति र परम्परासँग जोडिएको यस जात्रामा बैतडीसहित आसपासका विभिन्न क्षेत्रबाट भक्तजन तथा दर्शनार्थी आउने गर्दछन् ।
यसैबीच, जात्राको समयमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्नुका साथै धार्मिक तथा सांस्कृतिक वातावरण कायम राख्न नगरपालिकाले मदिराजन्य पदार्थको कारोबार र सेवनमा रोक लगाएको हो । मंसिर ७ र ८ गते मन्दिर आसपासका क्षेत्रमा मदिरा बिक्री–वितरण तथा सेवन गर्न नपाइने नगरपालिकाले जनाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ बमोजिम मदिराको कारोबार तथा सेवनमा प्रतिबन्ध लगाइएको उल्लेख गर्दै नगरपालिकाले सूचनाको उल्लंघन गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ । जात्रालाई शान्त, सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न नगरपालिकाले स्थानीयवासी, व्यवसायी तथा सरोकारवाला सबैलाई निर्णयको पालना गर्न आग्रह गरेको छ ।
स्थानीय चुनाव वैशाखमा, प्रदेशको मंसिरमा गर्ने आयोगको प्रस्ताव
काठमाडौं, मंसिर ४ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशको निर्वाचन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ । शुक्रबार राष्ट्रिय
प्रधानमन्त्री शाहको भारत भ्रमण मन्त्रीपरिषदबाट स्वीकृत
काठमाडौँ, मङ्सिर ४ । प्रधानमन्त्री वालेन्द्र शाहको आगामी मङ्सिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण नेपाल सरकारले स्वीकृत गरेको छ। बिहीबार बसेको
डडेल्धुराको प्रसिद्ध बडाल जाँत सुरु
डडेल्धुरा, मंसिर ४ । डडेल्धुराको प्रसिद्ध बडाल जाँत सुरु भएको छ। गन्यापधुरा गाउँपालिका–२ स्थित बडालमा बिहीबार राति रतेडी मेला लागेकोमा आज मुख्य

..jpeg)








प्रतिकृया दिनुहोस