डडेल्धुराको प्रसिद्ध बडाल जाँत सुरु

डडेल्धुरा, मंसिर ४ । डडेल्धुराको प्रसिद्ध बडाल जाँत सुरु भएको छ। गन्यापधुरा गाउँपालिका–२ स्थित बडालमा बिहीबार राति रतेडी मेला लागेकोमा आज मुख्य मेला अर्थात् दिउसेडी सुरु भएको हो। 

कात्तिक शुक्ल एकादशीको राति पूजा गरी जाग्राम बसेर दोस्रो दिन कात्तिक शुक्ल द्वादशीका दिन बिहानदेखि लाटागन्याप देवताको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ। बडाल जाँतमा नाङ्गो तरबार नचाएर चौलो खेलिन्छ। 

धार्मिक शक्तिसँगै चौलोले प्रख्यात बडाल जाँतमा भागेश्वर देवतालाई गाँजले ढोग गरेपछि दिउँसोको मेला शुभारम्भ हुन्छ। प्राचीनकालदेखि चलिआएको छलिया जाँत हेरेपछि देवी देवताको दर्शन र आशीर्वाद प्राप्त हुने जनविश्वास छ।

दाईना, दमाहा, रुईसिंग, भोकर बाजागाजाका साथ स्थानीयहरू हातमा तलवार खेलाई चौलो खेल्दै गाँज नचाइ सकेपछि बडाल जाँत सम्पन्न हुन्छ। तलवार खेलाइ नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान नै बनेको छ। 
 

प्रतिकृया दिनुहोस

स्थानीय चुनाव वैशाखमा, प्रदेशको मंसिरमा गर्ने आयोगको प्रस्ताव

काठमाडौं, मंसिर ४ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशको निर्वाचन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ । शुक्रबार राष्ट्रिय

प्रधानमन्त्री शाहको भारत भ्रमण मन्त्रीपरिषदबाट स्वीकृत

काठमाडौँ, मङ्सिर ४ । प्रधानमन्त्री वालेन्द्र शाहको आगामी मङ्सिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण नेपाल सरकारले स्वीकृत गरेको छ।    बिहीबार बसेको

देहीजातमा मेलौलीमा दुई दिन बिदा, मदिरा निषेध

बैतडी, मंसिर ४ । बैतडीको मेलौलीस्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने ऐतिहासिक देहीजातलाई लक्षित गर्दै दुई दिन बिदा दिईएको छ । मेलौली

↑