कर सप्ताहको तेस्रो दिन डडेल्धुरामा करदाता शिक्षा तथा अन्तरक्रिया
डडेल्धुरा, मंसिर ३ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा सञ्चालन भइरहेको कर सप्ताहको तेस्रो दिन डडेल्धुरामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आन्तरिक राजस्व कार्यालय डडेल्धुराको आयोजनामा मंसिर ३ गते बिहीवार आयोजित कार्यक्रममा प्रमुख कर अधिकृत, कार्यालयका कर्मचारी, उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, होटल व्यवसायी संघलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, उद्योगी, व्यवसायी, पत्रकार, कर सहयोगी, लेखापरीक्षक तथा महिला उद्यमीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा करसम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा व्यवसायी तथा करदाताहरूलाई करसम्बन्धी जानकारी प्रदान गर्नुका साथै कर प्रणालीलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।
करदाता र सरोकारवाला निकायबीच आपसी समन्वय, सहकार्य तथा करसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागीहरूले करसम्बन्धी समस्या, जिज्ञासा तथा सुझावसमेत राखेका थिए।
कर सप्ताहअन्तर्गत मंसिर २ गते महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीलाई करदाता शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो भने मंसिर ३ गते आज करसम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया गरिएको छ।
यस्तै मंसिर ४ गते डोटीको जोरायल गाउँपालिकाबाट करदाता सेवा विस्तारसम्बन्धी कार्यक्रम उद्घाटन गरी करदाता शिक्षा तथा अन्तरक्रिया आयोजना गरिनेछ। मंसिर ७ गते अन्तरक्रिया, उत्कृष्ट तीन करदातालाई सम्मान तथा कर सप्ताहको समापन गर्ने कार्यक्रम रहेको कार्यालय प्रमुख गगनबहादुर शाहीले जानकारी दिनुभयो ।
स्थानीय चुनाव वैशाखमा, प्रदेशको मंसिरमा गर्ने आयोगको प्रस्ताव
काठमाडौं, मंसिर ४ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशको निर्वाचन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ । शुक्रबार राष्ट्रिय
प्रधानमन्त्री शाहको भारत भ्रमण मन्त्रीपरिषदबाट स्वीकृत
काठमाडौँ, मङ्सिर ४ । प्रधानमन्त्री वालेन्द्र शाहको आगामी मङ्सिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण नेपाल सरकारले स्वीकृत गरेको छ। बिहीबार बसेको
देहीजातमा मेलौलीमा दुई दिन बिदा, मदिरा निषेध
बैतडी, मंसिर ४ । बैतडीको मेलौलीस्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने ऐतिहासिक देहीजातलाई लक्षित गर्दै दुई दिन बिदा दिईएको छ । मेलौली

..jpeg)








प्रतिकृया दिनुहोस