उग्रतारा मेला नजिकिएसँगै भक्तजन र पर्यटकको घुइँचो, दैनिक हजारभन्दा बढीको आवागमन
डडेल्धुरा, मंसिर ३ । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक शक्तिपीठका रूपमा परिचित डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा भक्तजन तथा पर्यटकहरूको चहलपहल बढ्दै गएको छ। मङ्सिर ८ गते कार्तिक शुक्ल पूर्णिमाका अवसरमा लाग्ने प्रसिद्ध उग्रतारा मेला नजिकिएसँगै मन्दिरमा दर्शनार्थी तथा पर्यटकको आवागमन बढेको हो।
मन्दिरमा पछिल्लो समय दैनिक एक हजारभन्दा बढी भक्तजन तथा पर्यटक आउने गरेको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ। समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार मेला नजिकिँदै जाँदा मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउने भक्तजनको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। उहाँले मङ्सिर ८ गते मन्दिर परिसरमा भव्य मेला तथा जात्रा आयोजना हुने जानकारी दिनुभयो।
डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर टाढा अमरगढी नगरपालिका –८ मा अवस्थित उग्रतारा मन्दिर दशरथचन्द राजमार्गको छेउमै रहेको छ। सहज पहुँचका कारण पनि यहाँ आन्तरिक पर्यटक तथा विभिन्न जिल्लाबाट आउने श्रद्धालुहरूको आकर्षण बढ्दै गएको छ। धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको यस मन्दिरलाई सुदूरपश्चिम प्रदेशकै प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ।
उग्रतारा भगवतीको दर्शन तथा पूजाआजा गरेमा मनोकामना पूरा हुने धार्मिक जनविश्वास रहिआएको छ। यही विश्वासका कारण डडेल्धुरासहित सुदूरपश्चिमका विभिन्न जिल्ला तथा देशका अन्य स्थानबाट समेत भक्तजनहरू यहाँ आउने गरेका छन्। विशेषगरी कार्तिक शुक्ल पूर्णिमाका दिन लाग्ने मेला उग्रतारा क्षेत्रको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित छ। मेलामा पूजाआजा, दर्शन तथा जात्रामा सहभागी हुन ठूलो सङ्ख्यामा श्रद्धालु आउने अपेक्षा गरिएको छ।
मेला नजिकिएसँगै मन्दिर क्षेत्रमा चहलपहल बढेको छ भने मेला व्यवस्थापनका लागि पनि तयारी तीव्र पारिएको छ। ठूलो सङ्ख्यामा भक्तजन तथा पर्यटक सहभागी हुने भएकाले मेला व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न सम्बन्धित निकायले आवश्यक तयारी अघि बढाएका छन्।
यता, मेला अवधिमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षाको व्यवस्था मिलाएको जनाएको छ। दर्शनार्थीको सहज आवागमन, भीड व्यवस्थापन तथा सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक प्रबन्ध गरिएको छ।
धार्मिक आस्थासँगै ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको उग्रतारा मन्दिरले डडेल्धुराको धार्मिक पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउँदै आएको छ। हरेक वर्ष लाग्ने उग्रतारा मेलाले स्थानीय धार्मिक परम्परा र संस्कृतिको संरक्षण गर्नुका साथै जिल्लाको पहिचानलाई थप स्थापित गर्न मद्दत पु¥याउँदै आएको छ।
स्थानीय चुनाव वैशाखमा, प्रदेशको मंसिरमा गर्ने आयोगको प्रस्ताव
काठमाडौं, मंसिर ४ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशको निर्वाचन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ । शुक्रबार राष्ट्रिय
प्रधानमन्त्री शाहको भारत भ्रमण मन्त्रीपरिषदबाट स्वीकृत
काठमाडौँ, मङ्सिर ४ । प्रधानमन्त्री वालेन्द्र शाहको आगामी मङ्सिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण नेपाल सरकारले स्वीकृत गरेको छ। बिहीबार बसेको
देहीजातमा मेलौलीमा दुई दिन बिदा, मदिरा निषेध
बैतडी, मंसिर ४ । बैतडीको मेलौलीस्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने ऐतिहासिक देहीजातलाई लक्षित गर्दै दुई दिन बिदा दिईएको छ । मेलौली

..jpeg)








प्रतिकृया दिनुहोस