देउसी–भैलो राति १० बजेसम्म मात्रै खेल्न प्रशासनको आग्रह
डडेल्धुरा, कात्तिक २१ । दीपावली र छठ पर्वलाई मर्यादित, व्यवस्थित र शान्तिपूर्ण रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सर्वसाधारणलाई आग्रह गरेको छ। प्रशासनले देउसी–भैलो कार्यक्रम राति १० बजेसम्म मात्रै सञ्चालन गर्न तथा पटाका, आतसबाजीलगायत विस्फोटक पदार्थ प्रयोग नगर्न अनुरोध गरेको हो।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै चाडपर्वका अवसरमा हुने गतिविधिलाई व्यवस्थित बनाउन जिल्लावासी तथा सरोकारवालाको ध्यानाकर्षण गराएको छ।
प्रशासनले देउसी–भैलो लगायतका कार्यक्रम सञ्चालन गर्दा मर्यादित, अनुशासित र व्यवस्थित ढंगले राति १० बजेसम्म मात्रै सञ्चालन गर्न आग्रह गरेको छ। देउसी–भैलो खेल्दा स्वेच्छाले दिएको दक्षिणा तथा चन्दा मात्रै लिन र कसैलाई जबर्जस्ती नगर्न पनि सूचनामा उल्लेख छ।
त्यस्तै, पटाका, अतिसबाजी, भुइँचम्पा, रकेट, विस्फोटक पदार्थ तथा आगलागीको जोखिम हुने अन्य सामग्रीको प्रयोग, ओसारपसार, बिक्री वितरण र भण्डारण नगर्न प्रशासनले अनुरोध गरेको छ।
देउसी–भैलो कार्यक्रममा सहभागी हुने व्यक्तिले मादक पदार्थ सेवन गरी कार्यक्रम सञ्चालन गर्ने, होहल्ला गर्ने, भैझगडा गर्ने तथा सार्वजनिक शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि गर्न नहुने सूचनामा उल्लेख छ।
ध्वनि प्रदूषण नियन्त्रणका लागि अत्यधिक ठूलो आवाजमा माइक, लाउडस्पिकर, बाजा तथा अन्य ध्वनि उपकरण प्रयोग नगर्न र देउसी–भैलो खेल्दा सार्वजनिक आवागमनमा बाधा पुग्ने गतिविधि नगर्न पनि प्रशासनले आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर रोकायाद्वारा हस्ताक्षरित सूचनामा चाडपर्वको सांस्कृतिक महत्व कायम राख्दै सामाजिक सद्भाव, आपसी भाइचारा, शान्ति सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम गर्न सबैलाई अनुरोध गरिएको छ।
देउवा समूहको जिल्ला अधिवेशनबाट सभापतिमा डिल्लीराज जोशी चयन
डडेल्धुरा, कात्तिक २० । नेपाली कांग्रेसको देउवा समूहले पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा गरेको आठौँ जिल्ला अधिवेशनबाट डिल्लीराज
अछामको मेल्लेख आधारभूत अस्पताल एक वर्षदेखि बन्द
अछाम, कात्तिक २० । अछामको मेल्लेख गाउँपालिकामा सञ्चालनमा रहेको आधारभूत अस्पताल जनशक्ति अभावका कारण एक वर्षदेखि बन्द रहेको छ । गाउँपालिकाले लाखौँ
बैतडीमा दुई महिनामा ११ अशक्त नागरिकले पाए घरदैलोमै नागरिकता
बैतडी, कात्तिक २० । बैतडीमा शारीरिक रूपमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने कार्यक्रम प्रभावकारी बन्दै गएको
-

स्थापना दिवसमा किसान सहकारीद्वारा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण
-

देउवा समूहको जिल्ला अधिवेशनबाट सभापतिमा डिल्लीराज जोशी चयन
-

डडेल्धुराबाट बैतडी जादै गरेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु
-

बैतडीमा दुई महिनामा ११ अशक्त नागरिकले पाए घरदैलोमै नागरिकता
-

भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा




प्रतिकृया दिनुहोस