अछामको मेल्लेख आधारभूत अस्पताल एक वर्षदेखि बन्द
अछाम, कात्तिक २० । अछामको मेल्लेख गाउँपालिकामा सञ्चालनमा रहेको आधारभूत अस्पताल जनशक्ति अभावका कारण एक वर्षदेखि बन्द रहेको छ । गाउँपालिकाले लाखौँ रुपैयाँ खर्च गरेर सञ्चालनमा ल्याएको अस्पताल बन्द भएपछि स्थानीयवासी सामान्य उपचारका लागि समेत बयालपाटा अस्पताल धाउन बाध्य भएका छन् ।
करिब ६ वर्षअघि चिकित्सकसहितको टोली र अत्याधुनिक उपकरणबाट सेवा सुरु गरिएको अस्पतालमा एक्स–रे, भिडियो एक्स–रे, ईसीजी, प्रयोगशाला तथा आकस्मिक बिरामी भर्नालगायतका सेवा उपलब्ध थिए । तर, २०८२ कात्तिकमा करारका कर्मचारी हटाइएपछि अस्पतालको सेवा पूर्ण रूपमा बन्द भएको हो ।
मेल्लेख गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र ठकुल्लाका अनुसार करार कर्मचारी हटाउने सरकारी नीति र स्वास्थ्य ऐनको कानुनी व्यवस्थापछि अस्पतालमा कार्यरत चिकित्सक, नर्स, रेडियोग्राफर तथा प्रयोगशाला प्राविधिकलाई बिदाइ गरिएको थियो । त्यसपछि एक जना अहेबको भरमा अस्पताल सञ्चालन गर्ने प्रयास गरिए पनि आवश्यक जनशक्ति र प्राविधिक अभावमा सेवा निरन्तरता दिन नसकिएको उनले बताए ।
अस्पताल बन्द हुँदा विशेषगरी वृद्धवृद्धा तथा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई उपचारका लागि टाढा जानुपर्ने समस्या भएको छ । अस्पतालमा रहेका लाखौँ रुपैयाँका उपकरणसमेत प्रयोगविहीन अवस्थामा थन्किएका छन् ।
देउसी–भैलो राति १० बजेसम्म मात्रै खेल्न प्रशासनको आग्रह
डडेल्धुरा, कात्तिक २१ । दीपावली र छठ पर्वलाई मर्यादित, व्यवस्थित र शान्तिपूर्ण रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सर्वसाधारणलाई आग्रह
देउवा समूहको जिल्ला अधिवेशनबाट सभापतिमा डिल्लीराज जोशी चयन
डडेल्धुरा, कात्तिक २० । नेपाली कांग्रेसको देउवा समूहले पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा गरेको आठौँ जिल्ला अधिवेशनबाट डिल्लीराज
बैतडीमा दुई महिनामा ११ अशक्त नागरिकले पाए घरदैलोमै नागरिकता
बैतडी, कात्तिक २० । बैतडीमा शारीरिक रूपमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने कार्यक्रम प्रभावकारी बन्दै गएको
-

स्थापना दिवसमा किसान सहकारीद्वारा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण
-

देउवा समूहको जिल्ला अधिवेशनबाट सभापतिमा डिल्लीराज जोशी चयन
-

डडेल्धुराबाट बैतडी जादै गरेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु
-

बैतडीमा दुई महिनामा ११ अशक्त नागरिकले पाए घरदैलोमै नागरिकता
-

भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा




प्रतिकृया दिनुहोस