डडेल्धुरामा सिँचाइ अभावले हिउँदभरी खेतीयोग्य जमिन बाँझो
डडेल्धुरा, कात्तिक २० । डडेल्धुराको अधिकांश खेतीयोग्य जमिन हिउँदमा बाँझै रहने गरेको छ । बर्खा र अनुकूल मौसममा खेतीपाती गर्ने किसानले हिउँदका करिब चार महिना भने जमिन खाली छाड्ने गरेका हुन् । सिँचाइ सुविधाको अभाव, चिसोका कारण बाली सप्रिन नसक्ने र उत्पादनको अनिश्चितताले किसान हिउँदे खेतीप्रति आकर्षित हुन सकेका छैनन् ।
जिल्लाको कुल १ लाख ५३ हजार ८ सय हेक्टर क्षेत्रफलमध्ये १९ हजार २ सय ६८ हेक्टर जमिन खेतीयोग्य छ । तर, त्यसमध्ये १० हजार १ सय ९२ हेक्टरमा मात्रै खेती भइरहेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । खेती भइरहेको जमिनमध्ये पनि ६ हजार ८ सय ९९ हेक्टरमा सिँचाइ सुविधा पुगेको छैन । सिँचाइ सुविधा पुगेको जमिन ३ हजार २ सय ९३ हेक्टर मात्रै छ । सिँचाइको सीमित पहुँचले पनि हिउँदमा खेती विस्तार हुन नसकेको किसान बताउँछन् ।
कृषि ज्ञान केन्द्र डडेल्धुराका सूचना अधिकारी तथा सहायक बागवानी विकास अधिकृत रामसिंह बोहराका अनुसार जिल्लाका पहाडी क्षेत्रमा हिउँदमा खेतीपाती गर्ने चलन तुलनात्मक रूपमा कम छ । चिसो मौसममा बालीको संरक्षण गर्न कठिन हुने, पर्याप्त पानी नपर्ने र लगाएको बालीबाट उत्पादन नहुने जोखिमका कारण किसानले हिउँदे खेती कम गर्ने गरेका हुन् । हिउँदे बालीलाई आवश्यक सिँचाइ र संरक्षणको व्यवस्था नहुँदा किसान खेती गर्न उत्साहित हुन नसकेको उनको भनाइ छ ।
हिउँदमा बाँझो रहने जमिनको यकिन तथ्यांक ज्ञान केन्द्रसँग नभए पनि अधिकांश खेत प्रयोगविहीन रहने गरेको बोहराले बताए । जिल्लामा खेतीयोग्य जमिनको तुलनामा खेती भइरहेको क्षेत्रफल पनि कम छ । खेतीयोग्य १९ हजार २ सय ६८ हेक्टरमध्ये ९ हजार ७६ हेक्टरमा खेती भएको छैन । त्यस्तै, खेती भइरहेको क्षेत्रफलमध्ये करिब ६८ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको छैन ।
हिउँदमा खेती नहुँदा जमिनको उत्पादन क्षमता उपयोग हुन सकेको छैन । सिँचाइ सुविधा विस्तारसँगै पहाडी भूगोल र चिसो मौसम अनुकूलका बाली छनोट तथा शीत र रोगबाट बाली जोगाउने प्रविधि आवश्यक रहेको बोहराले बताए ।
देउसी–भैलो राति १० बजेसम्म मात्रै खेल्न प्रशासनको आग्रह
डडेल्धुरा, कात्तिक २१ । दीपावली र छठ पर्वलाई मर्यादित, व्यवस्थित र शान्तिपूर्ण रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सर्वसाधारणलाई आग्रह
देउवा समूहको जिल्ला अधिवेशनबाट सभापतिमा डिल्लीराज जोशी चयन
डडेल्धुरा, कात्तिक २० । नेपाली कांग्रेसको देउवा समूहले पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा गरेको आठौँ जिल्ला अधिवेशनबाट डिल्लीराज
अछामको मेल्लेख आधारभूत अस्पताल एक वर्षदेखि बन्द
अछाम, कात्तिक २० । अछामको मेल्लेख गाउँपालिकामा सञ्चालनमा रहेको आधारभूत अस्पताल जनशक्ति अभावका कारण एक वर्षदेखि बन्द रहेको छ । गाउँपालिकाले लाखौँ
-

स्थापना दिवसमा किसान सहकारीद्वारा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण
-

देउवा समूहको जिल्ला अधिवेशनबाट सभापतिमा डिल्लीराज जोशी चयन
-

डडेल्धुराबाट बैतडी जादै गरेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु
-

बैतडीमा दुई महिनामा ११ अशक्त नागरिकले पाए घरदैलोमै नागरिकता
-

भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा




प्रतिकृया दिनुहोस