आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा दानबहादुर कार्कीको रिट
काठमाण्डौ, कात्तिक १९ । दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक आईजीपी पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । कार्कीले वारेसमार्फत रिट दिनुभएको हो ।
उहाँले आईजीपीमा पुनर्बहाली माग गर्नुभएको छ । रिटमाथि अध्ययन भइरहेको र दर्ता भइनसकेको सर्वोच्च प्रशासनले जनाएको छ ।
सरकारले हिजो कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो ।
सरकारले नेपाल प्रहरीको अनुसन्धान विभागमा कार्यरत अतिरिक्त प्रहरी महानिरीक्षक ९एआईजी० मनोज केसीलाई आईजीपी बनाएको थियो ।
सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री शुरु
काठमाण्डौ, कात्तिक १९ । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री शुरु गरेको छ । राष्ट्र बैंकको टक्सार महाशाखा
बैतडीका गाउँगाउँमा फैलिँदै अनलाइन ठगीका घटना
बैतडी, कात्तीक १९ । मोबाइल बैंकिङ ह्याक, चिठ्ठा परेको प्रलोभन र अनलाइन सामान बिक्रीको बहानामा बैतडीमा ठगीका घटना बढ्दै गएका छन् । अपरिचित लिंक, सामाजिक
बाजुरामा सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्धार
बाजुरा, कार्तिक १९ । बाजुरामा स्वास्थ्यमा जटिल समस्या देखिएकी एक सुत्केरी महिलालाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ । जिल्ला प्रशासन










प्रतिकृया दिनुहोस