बैतडीका गाउँगाउँमा फैलिँदै अनलाइन ठगीका घटना
बैतडी, कात्तीक १९ । मोबाइल बैंकिङ ह्याक, चिठ्ठा परेको प्रलोभन र अनलाइन सामान बिक्रीको बहानामा बैतडीमा ठगीका घटना बढ्दै गएका छन् । अपरिचित लिंक, सामाजिक सञ्जाल र विभिन्न डिजिटल माध्यम प्रयोग गरी सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी भइरहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।
चालु आर्थिक वर्षको कात्तिक महिनाको आधासम्म मात्रै बैतडीमा अनलाइन ठगीका १४ वटा उजुरी दर्ता भएका छन् । ती घटनामा १२ लाख ४६ हजार ६६ रुपैयाँ ठगी भएको भन्दै निवेदन परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
सुर्नया गाउँपालिका–५ का कर्णबहादुर मडैको गत भदौमा अपरिचित लिंक क्लिक गर्दा बैंक खाताबाट दुई लाख नौ हजार रुपैयाँ चोरी भयो । त्यस्तै, दशरथचन्द नगरपालिका–५ की पूजा भट्ट टिकटकमार्फत साडी खरिद गर्ने क्रममा नौ हजार ५०० रुपैयाँ ठगीमा परिन् । सामान पठाउने भन्दै रकम लिएर सम्पर्कविहीन भएपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन् ।
यसैगरी, बैतडीमा मजदुरी गर्दै आएका कैलालीका अर्जुन चौधरी चिठ्ठा परेको भन्दै आएको फोनको विश्वास गर्दा ठगीमा परे । भिडियो कलमार्फत स्क्रिन सेयर गरी मोबाइल बैंकिङ खोल्न लगाउँदा उनको खाताबाट १८ हजार रुपैयाँ गायब भएको थियो। उजुरी दिएको पाँच महिना बितिसक्दा पनि रकम फिर्ता नभएको उनको गुनासो छ ।
प्रहरीका अनुसार गत आर्थिक वर्षमा अनलाइन ठगीसम्बन्धी ३१ वटा निवेदन परेका थिए । ती निवेदनमा उल्लेख भएको १५ लाख ९२ हजार २५६ रुपैयाँमध्ये तीन लाख दुई हजार ६१९ रुपैयाँ पीडितलाई फिर्ता गराइएको छ । चालु आर्थिक वर्षमा ठगी भएको रकममध्ये एक लाख एक हजार ३५० रुपैयाँ फिर्ता गराइएको प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बैंकको कर्मचारी भएको बहाना बनाउने, केवाईसी अद्यावधिक गर्ने भन्दै ओटीपी माग्ने तथा भिडियो कलमार्फत स्क्रिन सेयर गराएर ठगी गर्ने क्रम बढेको बताइन् । उनले अपरिचित नम्बरबाट आउने फोन, सन्देश र लिंकमा विश्वास नगर्न तथा बैंकिङ विवरण, ओटीपी र गोप्य सूचना कसैलाई नदिन सर्वसाधारणलाई आग्रह गरेकी छन् ।
आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा दानबहादुर कार्कीको रिट
काठमाण्डौ, कात्तिक १९ । दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक आईजीपी पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । कार्कीले
सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री शुरु
काठमाण्डौ, कात्तिक १९ । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री शुरु गरेको छ । राष्ट्र बैंकको टक्सार महाशाखा
बाजुरामा सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्धार
बाजुरा, कार्तिक १९ । बाजुरामा स्वास्थ्यमा जटिल समस्या देखिएकी एक सुत्केरी महिलालाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ । जिल्ला प्रशासन










प्रतिकृया दिनुहोस