बाजुरामा सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्धार
बाजुरा, कार्तिक १९ । बाजुरामा स्वास्थ्यमा जटिल समस्या देखिएकी एक सुत्केरी महिलालाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय र पहलमा त्रिवेणी नगरपालिका–७ की २४ वर्षीया जलुकुमारी भण्डारीको हवाई उद्धार गरिएको हो ।
बिहीबार बिहान जिल्ला अस्पताल बाजुरामा सुत्केरी भएकी भण्डारीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि महिला मन्त्रालयसँगको समन्वयमा थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
नवजात शिशुको अवस्था सामान्य रहे पनि आमाको स्वास्थ्यमा जटिलता देखिएकाले बिहान ९ः४५ बजे हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताए ।
आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा दानबहादुर कार्कीको रिट
काठमाण्डौ, कात्तिक १९ । दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक आईजीपी पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । कार्कीले
सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री शुरु
काठमाण्डौ, कात्तिक १९ । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री शुरु गरेको छ । राष्ट्र बैंकको टक्सार महाशाखा
बैतडीका गाउँगाउँमा फैलिँदै अनलाइन ठगीका घटना
बैतडी, कात्तीक १९ । मोबाइल बैंकिङ ह्याक, चिठ्ठा परेको प्रलोभन र अनलाइन सामान बिक्रीको बहानामा बैतडीमा ठगीका घटना बढ्दै गएका छन् । अपरिचित लिंक, सामाजिक










प्रतिकृया दिनुहोस