डडेल्धुराबाट बैतडी जादै गरेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

डडेल्धुरा, कार्तिक १८। बैतडीको मेलौली नगरपालिका–१ जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

बुधबार राति ८ बजेतिर डडेल्धुराबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेको हो । दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

दुर्घटनामा सोही ठाउँकी २२ वर्षीया सोमनी मंगोला, ११ वर्षीय अविनाश राम लुहार, १६ वर्षीय निरज बस्केल, २४ वर्षीय करन सिंह मंगोला, २२ वर्षीय सुनिल बस्केल र जिप चालक ३६ वर्षीय सन्तोष राम लुहार घाइते भएका छन् ।

घाइते सबैको प्रथामिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ ।
 

प्रतिकृया दिनुहोस

आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा दानबहादुर कार्कीको रिट

काठमाण्डौ, कात्तिक १९ । दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक आईजीपी पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । कार्कीले

सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री शुरु

काठमाण्डौ, कात्तिक १९ । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री शुरु गरेको छ । राष्ट्र बैंकको टक्सार महाशाखा

बैतडीका गाउँगाउँमा फैलिँदै अनलाइन ठगीका घटना

बैतडी, कात्तीक १९ । मोबाइल बैंकिङ ह्याक, चिठ्ठा परेको प्रलोभन र अनलाइन सामान बिक्रीको बहानामा बैतडीमा ठगीका घटना बढ्दै गएका छन् । अपरिचित लिंक, सामाजिक

↑