बैतडीमा ४.२ रेक्टरस्केलको भूकम्प

बैतडी, कात्तिक ८ । बैतडीको डिलासैनी केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको छ । आइतबार दिउँसो १ः०६ बजे डिलासैनी गाउँपालिका –३, रुद्रेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

नेपाल–भारत सिमाक्षेत्र नजिकै रहेको यस स्थानलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पुष्टि गरेको छ ।

भूकम्पको धक्का केन्द्रविन्दुसहित बैतडी र दार्चुलाका आसपास क्षेत्रहरूमा सर्वसाधारणले महसुस गरेका छन् । भूकम्पले भौतिक वा मानवीय क्षति गरेको विवरण प्राप्त नभएको गाएँपालिका अध्यक्ष सन्तोष जोशीले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस

भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि

कञ्चनपुर, कात्तिक ८ । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ । नेपाली सेनामा

बडा दसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँः नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा, कार्तिक ७ । जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको छैन । सडक पूर्वाधार विस्तारलाई विकासको प्रमुख आधार मानिँदै आए पनि

↑