दशैँको टीकाको दोस्रो दिन आज पनि टीका–जमरा ग्रहण गरिँदै
काठमाण्डौ, कात्तिक ५ । दशैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदैछ ।
खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैँको टीका थाप्ने र आशीर्वाद लिने चलन छ ।
देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्म नै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ ।
तर नेपालका केही भागमा भने कुल, परम्परा अनुसार हिजो विजयादशमीको दिन मात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ । कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादशैँ सकिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष विजयादशमीको टीका लगाउने उत्तम साइत हिजो बिहान १० बजेर २६ मिनेट निर्धारण गरेको थियो । त्यसअनुसार धेरैले साइतमा टीका लगाए । घटस्थापनाका दिन घरघरमा जमरा राखेर शुरु भएको बडादशैँमा नवरात्रभर शक्तिस्वरूपा नवदुर्गाको पूजा आराधना गरिएको थियो ।
असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमीले नेपाली समाजमा सुख, शान्ति, सद्भाव र समृद्धिको कामना बोकेको छ । रासस
टीका र जमरासँगै डडेल्धुरामा दसैँको रौनक
डडेल्धुरा, कात्तिक ४ । नेपालीहरूको महान् पर्व बडादसैँ आज डडेल्धुरासहित देशभर हर्षोल्लासका साथ मनाइँदै छ। विजयादशमीका अवसरमा डडेल्धुराका घरघरमा
चाडपर्व लक्षित सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था कडा
धनगढी, कात्तिक ४ । दसैँको समयमा गाउँघरमा चहलपहल छ भने सहरका कतिपय घर र व्यापारिक प्रतिष्ठान सुनसान छन्। यही मौकामा चोरी, लुटपाट र अन्य आपराधिक गतिविधि
भोटेकोशी र त्रिशूली बाढीबाट बगर बनेका क्षेत्रमा दशैँको उत्सव न उमङ्ग
काठमाण्डौ, कात्तिक ४ । भोटेकोशी र त्रिशूलीमा गएको भदौ १० मा आएको बाढीले बगर बनेका क्षेत्रमा यस वर्षको दशैँ निरस भएको छ । वर्षभरको थकान बिर्सेर आफ्ना









प्रतिकृया दिनुहोस