उग्रतारा भगवती मन्दिरमा महाअष्टमी मेला 

डडेल्धुरा : आइतबार दशैँको महाअष्टमीको दिन सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ । डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा उत्तरतर्फ रहेको मन्दिरमा अष्टमी मेला भर्न दर्शनार्थीको घुइँचो लागेको छ ।  

उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार अष्टमी मेलासंगै राँगा र बोकाको बलीदिइ पूजाआजा गरिन्छ । दशैँको दिन पनि भव्य पूजाआजा गरिन्छ । मेलामा सुदूरपश्चिमका नौ वटै जिल्ला तथा अन्य क्षेत्रबाट धार्मिक भक्तजन पुग्ने गरेको उहाँको भनाइ छ ।

यो मन्दिरलाई नेपालको सूदूरपश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ । किम्बदन्तीअनुसार करिब २५ सय वर्ष पहिले हालको अमरगढी नगरपालिका –८ लटाउली गाउँबस्ने साँकीजातिका स्थानीयले बारीमा हलो जोत्दै गर्दा हलोको फाली लागेर शिलाबाट रगत बगेपछि देवी उत्पन्न भएर दर्शन मिलेको थियो । 

त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदैआएको छ । तिनै लटाउली गाउँका साँकी र भट्ट जातीका पण्डित अहिले पनि पूजारी रहनुभएको छ । उग्रतारा मन्दिर विशाल फाँटमा छ । डाँडामाथि मन्दिर अवस्थित रहेकाले मन्दिरसम्म पुग्न ओरालो झर्नुपर्दैन । यसकारण पनि मन्दिरको गरिमा बढेको अध्यक्ष साँकीको भनाइ छ । 

उग्रतारा भगवती मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाको दिन महापूजा तथा ठूलो मेला लाग्ने गर्दछ । कार्तिक शुक्ल पूर्णिमामा लाग्ने प्रसिद्ध मेला देइजातमा प्राचीनकालमा गर्खा, गर्खाबाट लडाकुहरुले आ–आफ्नो विरतासाथ लडाइँ हुँदा रगतको खोला बग्ने जसलाई यँहा न्वाखोलाको रुपमा नामकरण गरिएको छ । 

प्रतिकृया दिनुहोस

सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न 

डडेल्धुरा : डडेल्धुरामा सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराको

शैक्षिक योजना, IEMIS र प्रतिवेदन तयारीसम्बन्धी क्षमता विकास कार्यक्रम सम्पन्न

डडेल्धुरा : शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराको आयोजनामा स्थानीय तहका शिक्षा शाखा प्रमुख तथा कर्मचारीका लागि शैक्षिक योजना, कार्यक्रम

गन्यापधुराको आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु

डडेल्धुरा:डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह गर्ने भएको छ । छ करोड ५३ लाख रुपियाँभन्दा बढी लागतमा

↑