नेपाली कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाण्डौँ, असोज २४।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित हुनुभएको छ । सभापति पदका लागि भएको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै जित हासिल गर्नुभएको हो।

निर्वाचनमा थापाका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको छ । कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको निर्वाचनको नतिजाले देखाएको छ। कुल खसेको मतमध्ये थापाको पक्षमा ९३.८८ प्रतिशत मत परेको छ । त्यस्तै, खड्गीले ५.३५ प्रतिशत मत प्राप्त गर्दा बदर मतको हिस्सा ०.७७ प्रतिशत रहेको छ। मतपरिणामअनुसार थापाले खड्गीलाई ६ हजार २०९ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो।
 

प्रतिकृया दिनुहोस

अमरगढीमा प्रथम नगरस्तरीय जुनियर कराते च्याम्पियनसिप सुरु

डडेल्धुरा, असोज २४ । अमरगढी नगरपालिकाको आयोजनामा प्रथम नगरस्तरीय जुनियर कराते च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ। शनिबार एक कार्यक्रमका बीच

चाडपर्वमा पनि व्यापार सुस्त

डडेल्धुरा, असोज २४ । दसैँ, तिहारजस्ता ठूला चाडपर्वमा समेत डडेल्धुराका व्यापारीले व्यापारमा अपेक्षाअनुसार सुधार आउन नसकेको बताएका छन्। चाडपर्वलाई

विपद् प्रतिकार्यका लागि अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता

काठमाडौं, असोज २४ । रसुवा बाढीपछिको अवस्थामा राहत र पुर्नस्थापनाका लागि अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता प्राप्त हुने भएको छ । परराष्ट्र

↑