सुरु भयो थारु समुदायमा दसैंको तयारी
धनगढी, असोज १९। कैलालीका थारु समुदायमा दसैंको तयारी सुरु भएको छ । माटोको कच्ची घर सफा, सुग्घर बनाएर चाडपर्व मनाउने यो समुदायका मानिसले घर लिपपोतको कार्य गर्न थालेका हुन् ।
बर्खाको समयमा पानीले भिजेर बिग्रेको घरको भित्ता र भुइँ लिपपोत गरेर पर्वअघि चिटिक्क बनाउने परम्परा छ । जसकारण थारु समुदायका मानिसहरू कच्ची घर टल्काउने कार्यमा जुटेका हुन् ।
घर लिपपोत गरी सफा, सुग्घर बनाएरमात्रै जमरा राख्ने गरिएको धनगढी उपमहानगरपालिका–७ देवहरियाकी सोमा चौधरीले बताउनुभयो । उहाँले देवहरिया वनमा रहेको पहेँलो माटो ल्याएर घर लिपपोत गर्न थालेको उल्लेख गर्नुभयो ।
चौधरी भन्नुहुन्छ,“घर सुग्घर बनाएर जमरा राख्ने, देवीदेवता पूज्ने कार्य गर्ने गरेका छौं । असोज २५ गतेदेखि दसैं सुरु हुने भएकाले त्योभन्दा अगाडि नै लिपपोतको सबै काम सम्पन्न गर्नु पर्दछ ।”
आफ्नै मौलिक विधि, परम्परानुसार दसैं मनाउने र देवीदेवता पुज्दै आएको थारु समुदायमा घरको सरसफाइलाई प्राथमिकतामा राख्ने गरिएको छ । त्यसैले पनि यो समुदायका महिला प्रत्येक दिन बिहानैदेखि घर, आँगनको सरसफाइ गर्ने गरेका छन् ।
लिपपोत गरिएको घर नयाँ जस्तै देखिने गरेका कारण चाडपर्वको बेला लिपपोत गर्ने गरिएको देवहरियाकै सावित्री चौधरीले बताउनुभयो । उहाँले लिपपोतको काम कैयौं दिनसम्म चल्ने गरेको उल्लेख गर्नुभयो ।
सुदूरपश्चिमका २७ स्थानमा यात्रु सहायता कक्ष स्थापना
महेन्द्रनगर, असोज १९ । ट्राफिक प्रहरीले नजिकिदै गरेको बडादशै , तिहार लगायतका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिम प्रदेशका २७ स्थानमा यात्रु सहायता
स्वास्थ्य बीमाका लागि पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाण्डौ, असोज १९ । स्वास्थ्य बीमा बोर्डले आउँदो पुस १ गतेदेखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । बोर्डले सूचना निकालेर
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
काठमाण्डौ, असोज १९ । सरकारले भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगित गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज










प्रतिकृया दिनुहोस