सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेज बन्द

काठमाण्डौ, असोज १९ । नेपालका निजी इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेजहरू बन्द गरेका छन् ।

इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल आइस्पानले मूल्यवृद्धिलगायत विभिन्न कारण देखाउँदै आजदेखि यस्ता प्याकेजहरू बन्द गर्ने घोषणा गरेको हो ।

सङ्घका अध्यक्ष सुधीर पराजुलीले निकाल्नुभएको विज्ञप्तिमा मध्यपूर्वको तनावका कारण इन्धन र फाइबरको मूल्यमा भएको वृद्धि, अत्यधिक मुद्रास्फीति र चिपसेटको मूल्य बढेका कारण सञ्चालन गर्नै कठिन भएर सस्ता दरका प्याकेज बन्द गर्नुपरेको उल्लेख छ ।

उपभोक्ता अधिकारकर्मीहरूले भने निजी प्रदायकहरूको यो निर्णय अनुचित भएको प्रतिक्रिया दिएका छन् । उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णुप्रसाद तिमिल्सिनाका अनुसार यसले विद्यार्थीदेखि साना व्यापारीसम्मलाई असर पार्नुका साथै नागरिकको सूचनाको पहुँचमा समेत बाधा पुर्‍याएको छ ।

निजी क्षेत्रका कम्पनीहरूले सस्ता प्याकेज बन्द गरे पनि सरकारी स्वामित्वको नेपाल टेलिकम एनटीसीले भने ब्रोडब्यान्ड इन्टरनेट सेवाको शुल्कमा तत्काल फेरबदल गर्ने कुनै योजना नरहेको बताएको छ ।

प्रतिकृया दिनुहोस

सूत्र प्रणाली अवरुद्ध हुँदा सेवाग्राही मर्कामा

कञ्चनपुर, साउन १३ । स्थानीय तहमा राजस्व संकलनका लागि प्रयोग हुँदै आएको सूत्र प्रणाली पछिल्लो समय पटक–पटक अवरुद्ध हुँदा कञ्चनपुरसहित देशभरका

विकासका प्राथमिकतासहित डडेल्धुराका सातवटै स्थानीय तहको बजेट सार्वजनिक

डडेल्धुरा, असार ११। डडेल्धुराका सातवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि बजेट सार्वजनिक गरेका छन्। दुई नगरपालिका र पाँच गाउँपालिकाले

कर्जा प्रवाहमा सहुलियत पाईने भएपछि उद्यमी महिलाहरूमा उत्साह 

डडेल्धुरा, असार ७। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत दिने घोषणा गरेपछि व्यवसायमा संलग्न

↑