स्वास्थ्य बीमाका लागि पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाण्डौ, असोज १९ । स्वास्थ्य बीमा बोर्डले आउँदो पुस १ गतेदेखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।
बोर्डले सूचना निकालेर पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमामा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य पेश गर्नुपर्ने जानकारी गराएको हो । बोर्डको बैठकले सेवा प्रवाहमा डिजिटल सुधार गर्न यो निर्णय गरेको सूचनामा भनिएको छ ।
बोर्डले सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बीमित परिवारलाई ई–पोर्टलमार्फत आफ्नो विवरण अनिवार्य अद्यावधिक गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णयसमेत गरेको छ । यसबाट दोहोरो आबद्धता नियन्त्रण हुने र दाबी व्यवस्थापन थप विश्वसनीय बन्ने बोर्डको विश्वास छ ।
त्यस्तै स्वास्थ्य बीमाको भुक्तानी प्रणालीलाई वैज्ञानिक र दिगो बनाउन रणनीतिक खरिद अध्ययन कार्यदलसमेत गठन गरिएको छ । यस कार्यदलले ६० दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ ।
अब स्वास्थ्य बीमा सेवा डिजिटल पहिचान र दाबी प्रणालीतर्फ अघि बढेको छ ।
सुरु भयो थारु समुदायमा दसैंको तयारी
धनगढी, असोज १९। कैलालीका थारु समुदायमा दसैंको तयारी सुरु भएको छ । माटोको कच्ची घर सफा, सुग्घर बनाएर चाडपर्व मनाउने यो समुदायका मानिसले घर लिपपोतको
सुदूरपश्चिमका २७ स्थानमा यात्रु सहायता कक्ष स्थापना
महेन्द्रनगर, असोज १९ । ट्राफिक प्रहरीले नजिकिदै गरेको बडादशै , तिहार लगायतका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिम प्रदेशका २७ स्थानमा यात्रु सहायता
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
काठमाण्डौ, असोज १९ । सरकारले भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगित गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज










प्रतिकृया दिनुहोस