धौलीगङ्गाको बाँध पुनः खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
डडेल्धुरा, असोज १७ । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ ।
एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावर स्टेशन भारतबाट प्राप्त पत्रअनुसार आइतबार राति १२ः०० बजेदेखि सोमबार बिहान १०ः०० बजेसम्म सिल्ट सफाइ (जलविद्युत् आयोजना, सिँचाइ नहर, ढलको लेदो, बाक्लो माटो वा बालुवा सफा गर्ने प्रविधि)का लागि बाँध खोलिने भएको हो ।
यसअघि गत साउन १३ गते पनि धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिएको थियो । सिल्ट सफाइका लागि परियोजनाको बाँधको ढोका खोलिने भएपछि महाकालीमा जलस्तर बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।
बाँध खोलिने समयमा नदी तटीय क्षेत्रका स्थानीयलाई नदीकिनारमा नजान आग्रह गरिएको छ । दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर हुँदै भारततिर बग्ने महाकालीमा पानीको सतह बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान प्रशासनले अनुरोध गरेको हो ।
दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोल्नुपूर्व भारतीय पक्षले नेपाली पक्षलाई सतर्कताका लागि जानकारी गराउने बताउँदै प्रशासनले सोहीअनुसार यता पनि सतर्कता अपनाइने जनाएको छ।
सुदूरपश्चिम र कर्णालीसहित पश्चिमी भूभागबाट मनसुन बाहिरियो
काठमाण्डौ, असोज १७ । यस वर्षको मनसुन नेपालबाट बाहिरिन शुरू भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै
बाजुरामा यात्रु सहायता कक्ष सञ्चालन
बाजुरा, असोज १७ । विजयादशमी, शुभ दीपावली तथा छठपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ
बैतडीको सुर्नयाका शिक्षकले गरे चरणबद्ध संघर्षका कार्यक्रम घोषणा
बैतडी, असोज १७ । बैतडीको सुर्नया गाउँपालिकामा कार्यरत अनुदानका शिक्षक तथा बालविकास सहजकर्ताहरूले आफ्ना माग सम्बोधन गर्न माग गरेका छन्। शिक्षक एकता











प्रतिकृया दिनुहोस