डडेल्धुराबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चुनिए देउवा 

धनगढी, असोज १६ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन इतरको १५ औँ महाधिवेशनका लागि सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन्।

वडा सभापति पदम महताका अनुसार देउवाले स्थानीय कौशिलादेवी देउवालाई वारेसनामा दिएर उम्मेदवारी मनोनयन गराएका थिए।

देउवाका स्वकीय सचिव भानु देउवा पनि सोही वडाबाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्। उनी पनि वारेसनामामार्फत उम्मेदवार बनेका थिए।

यसअघिका महाधिवेशनमा पनि देउवा वडाबाटै प्रतिनिधि चयन हुँदै आएका छन्।

प्रतिकृया दिनुहोस

धौलीगङ्गाको बाँध पुनः खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

डडेल्धुरा, असोज १७ । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । एनएचपीसी लिमिटेड,

सुदूरपश्चिम र कर्णालीसहित पश्चिमी भूभागबाट मनसुन बाहिरियो

काठमाण्डौ, असोज १७ । यस वर्षको मनसुन नेपालबाट बाहिरिन शुरू भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै

बाजुरामा यात्रु सहायता कक्ष सञ्चालन

बाजुरा, असोज १७ । विजयादशमी, शुभ दीपावली तथा छठपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ

↑