महाकाली नदीमाथिको दोधारा चाँदनी झोलुङ्गे पुलमा क्षति
काठमाण्डौ, असोज १४ । कञ्चनपुरको दोधारा–चाँदनी नदीको झोलुङ्गे पुलको एउटा पिल्लर भाँचिएको छ ।
महाकाली नदीमाथि रहेको पुलको पिल्लर आज बिहान भाँचिएको हो । भीमदत्तनगरपालिका र दोधारा–चाँदनी नगरपालिका जोड्ने पुलको एउटा पिल्लर भाँच्चिएपछि आवगमन रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो ।
पुलको झण्डै ६ मिटर भाग मर्मत गर्नुपर्ने भएको छ । यो क्षेत्रमा अहिले प्रहरी टोली परिचालन भएको छ । दुई दशक अघि झोलुङ्गे पुल बनेपछि दोधारा–चाँदनी देशका अरू क्षेत्रसँग भौगोलिक रुपले जोडिएको थियो ।
भीमदत्तनगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले प्राविधिक टोली आएर पुलको निरीक्षण गर्ने बताउनुभयो । बिहान पानीको बेगले पिल्लर भत्किएको र आवागमन रोकिएको उहाँको भनाइ छ ।
नेपालको सबैभन्दा लामो झोलुङ्गे पैदलयात्री पुलमध्ये एक मानिने यो पुललाई एशियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा समेत चिनिन्छ । महाकाली नदीमाथि बनेको यो पुलको लम्बाइ १ हजार ४५२.९६ मिटर रहेको छ ।
दोधारा चाँदनी झोलुङ्गे पुल भएर आवागमन नगर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ । महाकाली नदीमा पानीको बहाव बढ्ने र घट्ने क्रमसँगै पुलको संरचनामा असर पार्दै आएको थियो ।
झण्डै डेढ किलोमिटर लामो यो पुल निर्माण हुनुअघि दोधारा चाँदनीका बासिन्दालाई जिल्ला सदरमुकाम महेन्द्रनगर तथा अन्य नेपाली भागमा आउजाउ गर्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो ।
सुरु भयो थारु समुदायमा दसैंको तयारी
धनगढी, असोज १९। कैलालीका थारु समुदायमा दसैंको तयारी सुरु भएको छ । माटोको कच्ची घर सफा, सुग्घर बनाएर चाडपर्व मनाउने यो समुदायका मानिसले घर लिपपोतको
सुदूरपश्चिमका २७ स्थानमा यात्रु सहायता कक्ष स्थापना
महेन्द्रनगर, असोज १९ । ट्राफिक प्रहरीले नजिकिदै गरेको बडादशै , तिहार लगायतका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिम प्रदेशका २७ स्थानमा यात्रु सहायता
स्वास्थ्य बीमाका लागि पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाण्डौ, असोज १९ । स्वास्थ्य बीमा बोर्डले आउँदो पुस १ गतेदेखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । बोर्डले सूचना निकालेर










प्रतिकृया दिनुहोस