कञ्चनपुरको भङ्गी नालामा डुबेर बेलौरीका एक जनाको मृत्यु
कञ्चनपुर, असोज ११ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ मा रहेको भङ्गी नालामा डुबेर एक जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं। ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलका अनुसार बेलौरी नगरपालिका वडा नम्बर ६ का अन्दाजी ३९ वर्षीय महेश केसीको भङ्गी नालामा डुबेर मृत्यु भएको हो ।
केसी असोज १० गते रातिदेखि सम्पर्कविहीन भएका थिए । परिवारका सदस्यले उनको घरबाट करिब एक सय मिटर पश्चिमतर्फ रहेको भङ्गी नालामा डुबेको हुन सक्ने जानकारी गराएपछि खोजी तथा उद्धार टोली परिचालन गरिएको थियो ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर बेलौरीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सीताकुमारी चौधरीको कमाण्डमा ११ जना, इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी नायव निरीक्षक टेकबहादुर विष्टको कमाण्डमा ११ जना तथा स्थानीय १५–२० जनाको संयुक्त टोलीले खोजी थालेको थियो ।
आइतबार मध्यान्ह १२ बजेदेखि खोज तथा उद्धार कार्य सुरु गरिएकोमा १२ बजेर १५ मिनेटमा नालामा रहेको कल्भर्टबाट करिब ५० मिटर दक्षिणतर्फ केसीको शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि श्रीपुर स्वास्थ्य चौकी, बेलौरीमा पठाइएको सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म बेलौरीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक योग्य बस्नेतले जानकारी दिए ।
पछिल्लो समय निरन्तरको वर्षाका कारण कञ्चनपुरका खोलानाला तथा नदीमा पानीको बहाव बढिरहेको छ । यसैबीच बेलौरी नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख तथा विपद् व्यवस्थापन सम्पर्क व्यक्ति अशोक पाण्डेयले पानीको बहाव बढेका बेला खोलानाला तथा तटीय क्षेत्रमा नजान स्थानीयलाई अनुरोध गरेका छन् ।
उनले विशेषगरी वर्षाका समयमा बालबालिका, ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्तिलगायत सर्वसाधारणलाई खोलानाला आसपास जान नदिन र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेका छन् ।
धौलीगङ्गाको बाँध पुनः खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
डडेल्धुरा, असोज १७ । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । एनएचपीसी लिमिटेड,
सुदूरपश्चिम र कर्णालीसहित पश्चिमी भूभागबाट मनसुन बाहिरियो
काठमाण्डौ, असोज १७ । यस वर्षको मनसुन नेपालबाट बाहिरिन शुरू भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै
बाजुरामा यात्रु सहायता कक्ष सञ्चालन
बाजुरा, असोज १७ । विजयादशमी, शुभ दीपावली तथा छठपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ











प्रतिकृया दिनुहोस