डडेल्धुरामा निरन्तर वर्षाः सवारी आवागमनमा रोक
डडेल्धुरा, असोज १०। डडेल्धुरामा निरन्तर वर्षा भईरहेकाले जिल्लाभर लामो तथा छोटो दूरीका सवारी साधनको आवागमनमा पूर्ण रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराले शनिवार बिहान सूचना जारी गर्दै आज असोज १० गते बिहान ७ बजेदेखि असोज ११ गते बिहान ७ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी वेदराज फूयलका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो यातायात सञ्चालनसम्बन्धी सूचनाअनुसार डडेल्धुरा सतर्कता अपनाउनुपर्ने वर्गमा परेको र जिल्लाका पूर्व, उत्तर तथा दक्षिणतर्फका जिल्लाहरू जोखिम तथा अति जोखिममा रहेकाले यस्तो निर्णय गरिएको हो।
डडेल्धुरामा शुक्रबार दिउँसोदेखि निरन्तर वर्षा भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ। यस अवधिमा आकस्मिक तथा अत्यावश्यक अवस्था परे जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ।
धौलीगङ्गाको बाँध पुनः खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
डडेल्धुरा, असोज १७ । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । एनएचपीसी लिमिटेड,
सुदूरपश्चिम र कर्णालीसहित पश्चिमी भूभागबाट मनसुन बाहिरियो
काठमाण्डौ, असोज १७ । यस वर्षको मनसुन नेपालबाट बाहिरिन शुरू भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै
बाजुरामा यात्रु सहायता कक्ष सञ्चालन
बाजुरा, असोज १७ । विजयादशमी, शुभ दीपावली तथा छठपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ











प्रतिकृया दिनुहोस