डडेलधुरामा सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी दुईदिने प्रशिक्षण सुरु

डडेलधुरा : डडेलधुरामा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीका लागि सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम आजदेखि सुरु भएको छ।

नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युरोपियन युनियनको सहयोग तथा संयुक्त राष्ट्रसंघीय निकायहरू आईएलओ, यूएनएफपीए, युनिसेफ र यूएन वुमेनको सहकार्यमा सञ्चालित ‘महिला समृद्ध नेपाल’ कार्यक्रम अन्तर्गत प्रशिक्षण आयोजना गरिएको हो।

सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र निड्स नेपालको संयुक्त आयोजनामा सुरु भएको कार्यक्रममा सुदुरपश्चिमका विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्ररमुख ,प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा तथा महिला बालबालिका शाखाका प्रमुखहरूको सहभागीता रहेको छ।

कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्यसचिव तथा प्रशिक्षक डा. बैकुण्ठ अर्याल लगायत सार्वजनिक वित्त तथा सामाजिक नीतिसम्बन्धी विज्ञहरूले प्रशिक्षण तथा सहजीकरण गरीरहेका छन ।

स्थानीय तहमा सार्वजनिक स्रोतको प्रभावकारी परिचालन, बजेट तथा वित्तीय व्यवस्थापन, योजना निर्माण र कार्यान्वयनमा जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षणके आयोजना गरिएको निड्स नेपालका सहकार्यकारी निर्देशक प्रकास चन्द्र मडैले बताउनु भयो ।

दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रमले स्थानीय तहको वित्तीय व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

रसुवा बाढीपछि सुदूरपश्चिमका १ सय ४० जना अझै सम्पर्कविहीन

धनगढीः रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सुदूरपश्चिम प्रदेशका १ सय ४० जना अझै सम्पर्कविहीन रहेका छन्।प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपछि

बाढी अपडेट : १५७ जनाको शव फेला, झण्डै एकहजार जना बेपत्ता

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अहिलेसम्म १५७ जनाको ज्यान गएको छ । प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा ३, नुवाकोटमा

रसुवाको बाढीमा डडेल्धुराका १० जना कामदार सम्पर्कविहीन

डडेल्धुरा: रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजनामा कार्यरत डडेल्धुराका १० जना कामदार सम्पर्कविहीन भएका छन्। डडेल्धुराको