रसुवा बाढीमा सुदूरपश्चिमका ९० जना सम्पर्कविहीन
धनगढी, भाद्र ११ । रसुवाको भोटेकोशी नदीमा मंगलबार आएको भीषण बाढीमा परी सुदूरपश्चिम प्रदेशका ९० जना नागरिक सम्पर्कविहीन भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कैलाली, कञ्चनपुरसहित प्रदेशका विभिन्न जिल्लाका नागरिक रसुवाको बाढी प्रभावित क्षेत्रबाट सम्पर्कविहीन भएका हुन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर बिष्टले विभिन्न प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार हालसम्म ९० जना सम्पर्कविहीन रहेको जानकारी दिए ।
प्रहरीका अनुसार कञ्चनपुरका २९ जना, कैलालीका २०, डडेल्धुराका १५, बाजुराका १४, बैतडीका चार, दार्चुलाका तीन, डोटीका दुई, बझाङका दुई र अछामका एक जना सम्पर्कविहीन छन् ।
सम्पर्कविहीन हुनेमा चार जना प्रहरी कर्मचारीसमेत रहेका छन् । उनीहरूमा प्रहरी हवलदार नरेन्द्रप्रसाद भट्ट, प्रहरी सहायक हवलदार हिक्मत महरा, प्रहरी जवान नारद सार्की र सशस्त्र प्रहरी जवान बिनिता बोहरा रहेका छन् ।
प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा रसुवाका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत मजदुर, प्रहरी, निजामती कर्मचारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारी रहेका छन् ।
बाढी प्रभावित क्षेत्रमा आफन्त सम्पर्कविहीन भएका व्यक्तिको विवरण नजिकको प्रहरी कार्यालयमा टिपाउन प्रहरीले आग्रह गरेको छ । हाल आफन्तहरूले सम्पर्कविहीन व्यक्तिको विवरण टिपाउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले सम्पर्कविहीन हुनेको संख्या थप बढ्न सक्ने प्रहरीको अनुमान छ ।
डडेलधुरामा सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी दुईदिने प्रशिक्षण सुरु
डडेलधुरा : डडेलधुरामा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीका लागि सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम आजदेखि सुरु
जोखिम देखिएपछि विद्यार्थी समयअगावै घर पठाइए, केही बेरमै आँगन भत्कियो
डडेल्धुरा,भदौ १६। डडेल्धुराको अमरगढी नगरपालिका–१० राँइमा रहेको सहस्त्रलिङ माध्यमिक विद्यालयमा मंगलबार सम्भावित दुर्घटना टरेको छ । निरन्तरको
रसुवा बाढी : पहिचान नभएका शव काठमाडौंमा गाड्ने तयारी
काठमाडौं, भदौ १६ । भोटेकोशी बाढीमा परेर ज्यान गुमाएकाहरूको शव काठमाडौंमा पनि व्यवस्थापन हुने भएको छ । काठमाडौंमा प्रमुख जिल्ला अधिकारी ईश्वरराज









प्रतिकृया दिनुहोस