सुदूरपश्चिममा गौराको रौनक शुरु
डडेल्धुरा, भदौ १५ । सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा गौरा पर्वको रौनक शुरु भएको छ । यो बर्षको गौरापर्व भोलिदेखि शुरु हुँदैछ । बिरुडापञ्चमीका दिन बिरुडा भिजाएर ब्रतालु महिलाहरुले गौरा पर्वको शुरुवात गर्नेछन् ।
यो बर्षको गौरा भाद्र कृष्ण पक्षमा परेको छ । बिरुडापञ्चमीको दिन पाँच प्रकार अन्न भिजाएर गौरा पर्वको शुरुवात गर्ने प्रचलन रहेको सुर्नया –६ की हरिना अवस्थीले बताइन् । गहुँ, गहत, मास, केराउ र गुराउस गरेर पाँच प्रकारका अन्नलाई बिरुडा भन्ने गरिन्छ । बिरुडाले नै गौरा देवीको पूजाआजा गर्ने चलन रही आएको छ ।
गौराका लागि थातथलोमा फर्कनेहरुको संख्या पनि बढ्दै गएको छ । पहाडबाट बसाइसराई गरेर गएका तथा कामको सिलसिलामा अन्यत्र गएकाहरु पनि गौराका लागि घर फर्केकाले गाउँघरमा गौराको रौनक छाएको स्थानीय बताउँछन ।
रोजगारीको सिलसिलामा भारतमा रहेका सुदूरपश्चिमेलीहरु गौराका लागि फर्कने क्रम जारी रहेको छ । गौरा पर्व यो क्षेत्रको मुख्य पर्व भएकाले गौरा मनाउन देश बाहिर रहेकाहरु पनि घर फर्कने गरेका संस्कृतिका जानकार कैलाश कुमार पाण्डेले बताए ।
गौरा पर्वमा गौरी र महेश्वरको पूजाआजा गर्दै मनाउने गरिन्छ । तागाधारी पुरुषहरुले जनेउ धारण गरेजस्तै गौरा मनाउने क्षेत्रका महिलाहरुले दुबधागो धारण गर्ने परम्परा रही आएको छ । भाद्र शुक्ल अथवा कृष्ण पञ्चमीबाट शुरु हुने गौराको मुख्यदिन दुर्वाष्टमी अर्थात अठ्यवाली हो । यो दिन ब्रतालु महिलाहरुले गौरा महेश्वरको बिरुडाले पूजाआजा गर्ने गर्दछन् ।
बिरुडापञ्चमीको भोलिपल्ट नजिकको धार तथा तलाउ लगेर बिरुडालाई धुने प्रचलन रही आएको छ । यो दिनलाई स्थानीय भाषामा नानी गौरा अर्थात नौलाकी गौरा भन्ने प्रचलन रही आएको छ । यस्तै अमुक्ताभरण सप्तमीका दिन गौरालाई भित्र्याउने चलन रही आएको छ । यो दिनलाई ठूली गौरा, भितरीकी गौरा भन्ने चलन रही आएको छ ।
डडेलधुरामा सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी दुईदिने प्रशिक्षण सुरु
डडेलधुरा : डडेलधुरामा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीका लागि सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम आजदेखि सुरु
जोखिम देखिएपछि विद्यार्थी समयअगावै घर पठाइए, केही बेरमै आँगन भत्कियो
डडेल्धुरा,भदौ १६। डडेल्धुराको अमरगढी नगरपालिका–१० राँइमा रहेको सहस्त्रलिङ माध्यमिक विद्यालयमा मंगलबार सम्भावित दुर्घटना टरेको छ । निरन्तरको
रसुवा बाढी : पहिचान नभएका शव काठमाडौंमा गाड्ने तयारी
काठमाडौं, भदौ १६ । भोटेकोशी बाढीमा परेर ज्यान गुमाएकाहरूको शव काठमाडौंमा पनि व्यवस्थापन हुने भएको छ । काठमाडौंमा प्रमुख जिल्ला अधिकारी ईश्वरराज









प्रतिकृया दिनुहोस