रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, उद्धार टोली फर्कियो
काठमाण्डौ, भदौ १५ । रसुवाको भोटेकोशी नदीमा बुधवार आएको बाढीका कारण प्रभावित भएको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी कार्य पूरा भएको छ । त्यहाँ खोजी गर्दा कोही पनि मानिस फेला नपरेका नेपाली सेनाले जनाएको छ ।
सेनाका अनुसार सुरुङ झन्डै २५० मिटर लम्बाइको रहेकामा खोजी टोली २२५ मिटरसम्म भित्र पुगेको थियो । तर सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्किएको छ ।
टोलीले सुरुङभित्र ड्रोन प्रयोग गरेर खोजी गरेको थियो । सुरुङभित्र कोही पनि मानिस फेला नपरेपछि सेनाको नेतृत्वमा खटिएको उद्धार टोली धुन्चे फर्किएको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले पनि जानकारी गराएको छ ।
भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धार कार्य भइरहेको छ ।
त्रिशूली–३ ‘बी’ को सुरुङमा विज्ञसहितको टोली खटिएर खोजी तथा उद्धार गरिरहेको छ । त्रिशूली–३ ‘ए’ मा गएराति विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खोल्ने काम गरिएको थियो ।
त्यस्तै विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे जलविद्युत्को सुरुङभित्र झन्डै १०० मिटर प्रवेश गरी हराइरहेका व्यक्तिको खोजी गरिरहेको छ ।
माथिल्लो त्रिशूली–१ मा पनि उद्धार टोलीले सुरुङभित्र झन्डै ३०० मिटरसम्म प्रवेश गरी खोजी गरेको र त्यहाँबाट एउटा शव सङ्कलन गरेको छ ।
यस्तै लाङटाङ आयोजनाको सुरुङमा खोज तथा उद्धार भइरहेको सेनाले जनाएको छ ।
डडेलधुरामा सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी दुईदिने प्रशिक्षण सुरु
डडेलधुरा : डडेलधुरामा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीका लागि सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम आजदेखि सुरु
जोखिम देखिएपछि विद्यार्थी समयअगावै घर पठाइए, केही बेरमै आँगन भत्कियो
डडेल्धुरा,भदौ १६। डडेल्धुराको अमरगढी नगरपालिका–१० राँइमा रहेको सहस्त्रलिङ माध्यमिक विद्यालयमा मंगलबार सम्भावित दुर्घटना टरेको छ । निरन्तरको
रसुवा बाढी : पहिचान नभएका शव काठमाडौंमा गाड्ने तयारी
काठमाडौं, भदौ १६ । भोटेकोशी बाढीमा परेर ज्यान गुमाएकाहरूको शव काठमाडौंमा पनि व्यवस्थापन हुने भएको छ । काठमाडौंमा प्रमुख जिल्ला अधिकारी ईश्वरराज









प्रतिकृया दिनुहोस