चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’
काठमाण्डौ, भदौ १२ । नेपाल–चीन सीमा क्षेत्रमा हिमपहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चिनियाँ दूतावासले आग्रह गरेको छ ।
दूतावासले आज विज्ञप्ति निकालेर सीमा नदीको माथिल्लो भेगमा झरेको पहिरोले बनाएको तालमा पानीको सतह निकै माथि पुगेको र ‘ओभरफ्लो’ हुन थालेकाले थप जोखिम बढेको जनाएको हो ।
उद्धार तथा आपत्कालीन प्रतिकार्यका लागि अवस्था अत्यन्त संवेदनशील रहेकाले दुवै देशका अधिकारीहरू निरन्तर निगरानीमा जुटिरहेको विज्ञप्तिमा उल्लेख छ ।
दूतावासले तालभन्दा तल्ला क्षेत्रका स्थानीय बासिन्दा र सम्बन्धित कर्मचारीलाई नदीको बहावमा हुने परिवर्तनबारे सचेत रहन र पूर्वतयारी थाल्न अपील गरेको छ । साथै भ्रामक सूचनाको पछि नलागी आधिकारिक समाचारमा मात्र विश्वास गर्न र अनावश्यक त्रास नफैलाउन पनि दूतावसको अनुरोध छ ।
सरकारी विपद् कोषमा ३६ घण्टामा झन्डै २ अर्ब रुपैयाँ सङ्कलन
काठमाण्डौ, भदौ १२ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा झन्डै २ अर्ब रुपैयाँ सङ्कलन भएको छ । अर्थ मन्त्रालयका अनुसार बुधवार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ५३८ पुग्यो
काठमाण्डौ, भदौ १२ । रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५३८ जना पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन
चिनियाँ पक्षको सूचना : निरन्तर निगरानीमा छौं, विस्फोटक बहाबको जोखिम कम हुनसक्छ
काठमाडौं, भदौ १२ । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेपछि त्यसको नियमित नगरानी गरिरहेको सूचना चिनियाँ पक्षले
-

चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’
-

सरकारी विपद् कोषमा ३६ घण्टामा झन्डै २ अर्ब रुपैयाँ सङ्कलन
-

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ५३८ पुग्यो
-

चिनियाँ पक्षको सूचना : निरन्तर निगरानीमा छौं, विस्फोटक बहाबको जोखिम कम हुनसक्छ
-

स्वास्थ्यकर्मीको बिदा रोकियो, उद्धार र उपचारमा खटिन निर्देशन





.jpeg)
प्रतिकृया दिनुहोस