भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ५३८ पुग्यो

काठमाण्डौ, भदौ १२ । रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५३८ जना पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्ममा ५३८ जनाको शव फेला परेको हो ।

धेरैजसो शवहरू चितवन, नवलपरासी पश्चिम र नवलपरासी पूर्वमा नारायणी नदी किनारमा फेला परेका छन् । प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६, चितवनमा २२१, तनहुँमा २८, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २२१ जनाको शव भेटिएको छ । धेरैजसो शवहरू नदीमा बगेर तल पुगेका हुन् ।

अस्ति बुधवार रसुवामा बाढी आएको भोटेकोशी नदीलाई अलि तल पुगेपछि त्रिशूली भनिन्छ । त्रिशूली नदी रसुवा, धादिङ, गोरखा, चितवन र तनहुँलाई छुँदै देवघाटसम्म पुग्छ । तनहुँ हुँदै आएको कालीगण्डकी नदी मिसिएपछि नारायणी नदी बन्छ । नारायणी नदी चितवन र नवलपरासी हुँदै भारततिर जान्छ ।
 

प्रतिकृया दिनुहोस

चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’

काठमाण्डौ, भदौ १२ । नेपाल–चीन सीमा क्षेत्रमा हिमपहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चिनियाँ

सरकारी विपद् कोषमा ३६ घण्टामा झन्डै २ अर्ब रुपैयाँ सङ्कलन

काठमाण्डौ, भदौ १२ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा झन्डै २ अर्ब रुपैयाँ सङ्कलन भएको छ । अर्थ मन्त्रालयका अनुसार बुधवार

चिनियाँ पक्षको सूचना : निरन्तर निगरानीमा छौं, विस्फोटक बहाबको जोखिम कम हुनसक्छ

काठमाडौं, भदौ १२ । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेपछि त्यसको नियमित नगरानी गरिरहेको सूचना चिनियाँ पक्षले