स्वास्थ्यकर्मीको बिदा रोकियो, उद्धार र उपचारमा खटिन निर्देशन

काठमाडौं, भदौ १२ । स्वास्थ्य  मन्त्रालयले विपद्को विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन निर्देशन दिएको छ ।

मन्त्रालयले सार्वजनिक बिदाको दिनमा समेत खोज, उद्धार र उपचार सेवाका लागि तयारी अवस्थामा रहन कर्मचारीलाई निर्देशन दिएको हो ।

मन्त्रालयको प्रशासन तथा व्यवस्थापन शाखाले शुक्रबार जारी गरेको निर्देशनमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित क्षेत्रमा खोज, उद्धार, स्वास्थ्योपचार र राहतको काम भइरहेको जनाएको छ ।

मन्त्रालयले आफू मातहतका सबै कर्मचारीलाई विपद् व्यवस्थापनमा खटिन सक्ने गरी विशेष कारण र अत्यावश्यक कामबाहेक बिदा तथा काज स्वीकृत नगर्न नगराउन निर्देशन दिएको छ ।

त्यस्तै, खोज, उद्धार तथा उपचारसँग सम्बन्धित निकायका प्रमुख, फोकल पर्सन र जिम्मेवार पदाधिकारीलाई बिदाको दिनमा समेत कार्यालयमा उपस्थित हुन भनिएको छ ।

अन्य कर्मचारीलाई पनि आवश्यक सेवा प्रवाहका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई भने सार्वजनिक बिदाको दिनमा समेत बाढीपहिरो प्रभावित घाइतेहरूको उपचारका लागि आवश्यक व्यवस्था मिलाउन मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’

काठमाण्डौ, भदौ १२ । नेपाल–चीन सीमा क्षेत्रमा हिमपहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चिनियाँ

सरकारी विपद् कोषमा ३६ घण्टामा झन्डै २ अर्ब रुपैयाँ सङ्कलन

काठमाण्डौ, भदौ १२ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा झन्डै २ अर्ब रुपैयाँ सङ्कलन भएको छ । अर्थ मन्त्रालयका अनुसार बुधवार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ५३८ पुग्यो

काठमाण्डौ, भदौ १२ । रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५३८ जना पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन