चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना, भोटेकोशी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनको आग्रह
काठमाण्डौ, भदौ १२ । भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताउनुभएको छ । उहाँका अनुसार केही समयअघि मात्रै ताल फुटेको सूचना प्राप्त भएपछि सम्बन्धित निकायलाई खबर गर्न थालिएको छ ।
प्रमुख जिल्ला अधिकारी परियारका अनुसार चीनको छोछेन खोला र पुरेपू त्साङ्पो नदीको संगम आसपास नदी थुनिएर नयाँ ताल बनेको थियो । यो तालमा पानीको मात्रा बढ्दै गएपछि फुट्न सक्ने जोखिम रहेको भन्दै यसअघि नै भोटेकोशीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको थियो ।
पछिल्लो समय ताल फुटेको सूचना आएपछि भोटेकोशी नदीमा पुनः ठूलो बाढी आउन सक्ने सम्भावनालाई लिएर स्थानीय प्रशासनले निगरानी र सूचना आदानप्रदानलाई तीव्र बनाएको छ । ताल फुटेपछि त्यसबाट निस्कने पानी, गेग्रान र ढुंगामाटो भोटेकोशी हुँदै नेपालतर्फ आउन सक्ने भएकाले नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजान प्रशासनले आग्रह गरेको छ ।
यसअघि अस्ति बुधबार भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको मुख्य कारणका रूपमा चीनतर्फ नदी थुनिएर बनेको प्राकृतिक बाँध तथा त्यसबाट बनेको ताल फुटेको घटनालाई प्रारम्भिक प्राविधिक अध्ययनले देखाएको थियो ।
चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’
काठमाण्डौ, भदौ १२ । नेपाल–चीन सीमा क्षेत्रमा हिमपहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चिनियाँ
सरकारी विपद् कोषमा ३६ घण्टामा झन्डै २ अर्ब रुपैयाँ सङ्कलन
काठमाण्डौ, भदौ १२ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा झन्डै २ अर्ब रुपैयाँ सङ्कलन भएको छ । अर्थ मन्त्रालयका अनुसार बुधवार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ५३८ पुग्यो
काठमाण्डौ, भदौ १२ । रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५३८ जना पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन
-

चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’
-

सरकारी विपद् कोषमा ३६ घण्टामा झन्डै २ अर्ब रुपैयाँ सङ्कलन
-

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ५३८ पुग्यो
-

चिनियाँ पक्षको सूचना : निरन्तर निगरानीमा छौं, विस्फोटक बहाबको जोखिम कम हुनसक्छ
-

स्वास्थ्यकर्मीको बिदा रोकियो, उद्धार र उपचारमा खटिन निर्देशन





.jpeg)
प्रतिकृया दिनुहोस