रसुवा बाढीबाट ज्यान गुमाउनेको संख्या ४६९ पुग्यो, खोज तथा उद्धार जारी
काठमाण्डौ, भदौ १२। रसुवाको भोटेकोसी नदीमा अचानक आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ४६९ जना पुगेको छ ।
प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा १२ जना, नुवाकोटमा ३७ जना, धादिङमा ३३ जना, चितवनमा १७८ जना, गोरखामा ४४ जना, तनहुँमा २८ जना, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको हो ।
अहिलेसम्म झण्डै दुई हजार जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयलाई पनि नेपाली सेनाले उद्धार गरेको छ ।
अहिलेसम्म सम्पर्कविहीन भएकाहरुको संख्या ९७७ पुगेको छ । प्राधिकरणका अनुसार तीमध्ये ५१७ जना विदेशी नागरिक छन् । घाइते ७३ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । खोज तथा उद्धारको लागि १३ हजारभन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् ।
चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’
काठमाण्डौ, भदौ १२ । नेपाल–चीन सीमा क्षेत्रमा हिमपहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चिनियाँ
सरकारी विपद् कोषमा ३६ घण्टामा झन्डै २ अर्ब रुपैयाँ सङ्कलन
काठमाण्डौ, भदौ १२ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा झन्डै २ अर्ब रुपैयाँ सङ्कलन भएको छ । अर्थ मन्त्रालयका अनुसार बुधवार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ५३८ पुग्यो
काठमाण्डौ, भदौ १२ । रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५३८ जना पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन
-

चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’
-

सरकारी विपद् कोषमा ३६ घण्टामा झन्डै २ अर्ब रुपैयाँ सङ्कलन
-

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ५३८ पुग्यो
-

चिनियाँ पक्षको सूचना : निरन्तर निगरानीमा छौं, विस्फोटक बहाबको जोखिम कम हुनसक्छ
-

स्वास्थ्यकर्मीको बिदा रोकियो, उद्धार र उपचारमा खटिन निर्देशन





.jpeg)
प्रतिकृया दिनुहोस