जनैपूर्णिमा पर्व आज देशैभर मनाइँदै
काठमाडौं,भदौ १२। श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन अर्थात् जनैपूर्णिमा शुक्रबार देशैभर मनाइँदैछ।
वैदिक सनातन धर्मावलम्बीले नदी, ताल तथा पोखरीमा स्नान गरी गुरु–पुरोहितबाट रक्षासूत्र बाँध्ने र नयाँ जनै धारण गर्ने गर्दछन्। ब्राह्मण, क्षेत्री र वैश्य समुदायका तागाधारीले यस दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउँछन्। ऋषिहरूको पूजा तथा तर्पण गरिने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भनिन्छ।
तराई क्षेत्रमा भने यस दिन दिदी(बहिनीले दाजु भाइलाई राखी बाँधेर रक्षाबन्धन मनाउने चलन रहेको हो। जसले दाजु भाइ तथा दिदी बहिनीबीचको प्रेम र सम्बन्ध बलियो बनाउने सामाजिक विश्वास छ। काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर, गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणी धाम लगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमा दिन बिहानैदेखि मेला लागेको हो।
जनैपूर्णिमाका दिन रसुवाको गोसाइकुण्डमा विशेष मेला लाग्ने गर्दथ्यो । यसपटक भने भोटेकोशीमा आएको बाढीले विध्वंश मच्चाएपछि गोसाइकुण्डमा खासै रौनक छैन ।
चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’
काठमाण्डौ, भदौ १२ । नेपाल–चीन सीमा क्षेत्रमा हिमपहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चिनियाँ
सरकारी विपद् कोषमा ३६ घण्टामा झन्डै २ अर्ब रुपैयाँ सङ्कलन
काठमाण्डौ, भदौ १२ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा झन्डै २ अर्ब रुपैयाँ सङ्कलन भएको छ । अर्थ मन्त्रालयका अनुसार बुधवार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ५३८ पुग्यो
काठमाण्डौ, भदौ १२ । रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५३८ जना पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन
-

चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’
-

सरकारी विपद् कोषमा ३६ घण्टामा झन्डै २ अर्ब रुपैयाँ सङ्कलन
-

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ५३८ पुग्यो
-

चिनियाँ पक्षको सूचना : निरन्तर निगरानीमा छौं, विस्फोटक बहाबको जोखिम कम हुनसक्छ
-

स्वास्थ्यकर्मीको बिदा रोकियो, उद्धार र उपचारमा खटिन निर्देशन





.jpeg)
प्रतिकृया दिनुहोस