बाढी अपडेट : १५७ जनाको शव फेला, झण्डै एकहजार जना बेपत्ता

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अहिलेसम्म १५७ जनाको ज्यान गएको छ ।

प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको हो ।

बाढीका कारण विभिन्न अस्पतालमा ४१ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २० जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा, ४ जनाको ट्रमा सेन्टरमा, ३ जनाको वीर अस्पतालमा, १ जनाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा, ३ जनाको नर्भिक अस्पतालमा र ९ जनाको त्रिशूली अस्पतालमा उपचार भैरहेको छ ।

बाढीका कारण झण्डै एकहजार जना बेपत्ता भएको अनुमान छ । बेपत्ताहरुको खोजी र उद्धारको काम भैरहेको छ । त्रिशूली नदीमा आएको बाढीले रसुवा र नुवाकोटमा जनधनको ठूलो क्षति पुगेको छ ।

हिजो बिहान चीनतर्फबाट एक्कासी आएको भीषण बाढी रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिंदा नदी तटीय क्षेत्रमा ठूलो क्षति गरेको हो । नेपालमा भोटेकोशी नामका दुईवटा नदी छन् ।

एउटा भोटेकोशी नदी सिन्धुपाल्चोकमा र अर्को रसुवामा पर्छ । सिन्धुपाल्चोकको भोटेकोशी सुनकोशी नदीमा मिसिन्छ र सप्तकोशी नदी प्रणालीको हिस्सा बन्न पुग्छ ।

अर्को रसुवाको भोटेकोशी नदी तिब्बतबाट आउने केरुङ खोला र ल्हेन्दे खोला रसुवागढी क्षेत्रमा मिलेपछि नेपालमा भोटेकोशी नामले चिनिन्छ । यो नदी पछि त्रिशूली नदीमा मिसिन्छ । हिजोको  बाढी रसुवाको भोटेकोशी नदीमा आएको हो ।

प्रतिकृया दिनुहोस

रसुवाको बाढीमा डडेल्धुराका १० जना कामदार सम्पर्कविहीन

डडेल्धुरा: रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजनामा कार्यरत डडेल्धुराका १० जना कामदार सम्पर्कविहीन भएका छन्। डडेल्धुराको

डडेल्धुराको विकासका लागि १६ बुँदे मागगर्दै मन्त्री रावललाई उद्योग वाणिज्य संघको ज्ञापनपत्र

डडेल्धुरा- डडेल्धुराको समग्र विकास, पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, खेलकुद तथा उद्योग–व्यवसाय क्षेत्रका समस्या समाधानका लागि

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले बुधबार