त्रिशूली हाइड्रोमा कार्यरत सवईन्जीनियर प्रशान्त ऐर सम्पर्क सम्पर्कविहीन
डडेल्धुरा, भदौ १०। रसुवा र नुवाकोट क्षेत्रमा आएको भीषण बाढीमा डडेल्धुरा सहित सुदूरपश्चिमबाट रोजगारीका लागि गएका थुप्रै व्यक्ति सम्पर्कविहीन भएका छन् । डडेलधुराको नवदुर्गा गाउँपालिका–२ घर भएका प्रशान्त ऐर पनि बाढीपछि सम्पर्कविहीन भएका छन् । उनी नुवाकोटस्थित त्रिशूली हाइड्रोमा सवईन्जीनियर पदमा कार्यरत रहेको उनका मामा रमेशजंग ऐरले बताए ।
‘भान्जासँग काम गर्ने अरू स्टाफसँग पनि सम्पर्क भएको छैन,’ ऐरले भने । प्रशान्तसँग बाढीपछि सम्पर्क हुन नसकेको र उनीसहित आयोजनामा कार्यरत अन्य कर्मचारीको अवस्थाबारे परिवारले जानकारी पाउन नसकेको उनले बताए ।
यता, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले रसुवा क्षेत्रमा रोजगारीका लागि गएका डडेल्धुरावासीको यकिन तथ्यांक प्रशासनसँग नरहेको बताएका छन् । बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिबारे जानकारी संकलन भइरहेको उनले बताए ।
‘त्यहाँ कति जना काम गर्छन् भन्ने यकिन डेटा हामीसँग छैन,’ वलीले भने, ‘रसुवा जिल्लामा जानकारी गराएका छौं । उहाँहरूले हाइड्रोमा प्राथमिकता राख्नुभएको छ । खबर आउला ।’
प्रशासनले रसुवा जिल्ला प्रशासन तथा सम्बन्धित निकायसँग समन्वय गरी डडेल्धुराबाट रोजगारीका लागि गएका व्यक्तिहरूको अवस्था बुझ्ने प्रयास गरिरहेको जनाएको छ । परिवार तथा स्थानीय तहबाट सम्पर्कविहीन भएका व्यक्तिको विवरण संकलन भइरहेकाले संख्या थपघट हुन सक्ने प्रशासनको भनाइ छ ।
चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’
काठमाण्डौ, भदौ १२ । नेपाल–चीन सीमा क्षेत्रमा हिमपहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चिनियाँ
सरकारी विपद् कोषमा ३६ घण्टामा झन्डै २ अर्ब रुपैयाँ सङ्कलन
काठमाण्डौ, भदौ १२ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा झन्डै २ अर्ब रुपैयाँ सङ्कलन भएको छ । अर्थ मन्त्रालयका अनुसार बुधवार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ५३८ पुग्यो
काठमाण्डौ, भदौ १२ । रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५३८ जना पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन
-

चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’
-

सरकारी विपद् कोषमा ३६ घण्टामा झन्डै २ अर्ब रुपैयाँ सङ्कलन
-

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ५३८ पुग्यो
-

चिनियाँ पक्षको सूचना : निरन्तर निगरानीमा छौं, विस्फोटक बहाबको जोखिम कम हुनसक्छ
-

स्वास्थ्यकर्मीको बिदा रोकियो, उद्धार र उपचारमा खटिन निर्देशन





.jpeg)
प्रतिकृया दिनुहोस