भोटेकोशी बाढीः गौरीगंगा घरभएका एकजना जना सम्पर्कविहीन

डडेल्धुरा, भदौ १०। रसुवा र नुवाकोट क्षेत्रमा आएको भीषण बाढीमा डडेल्धुरा सहित सुदूरपश्चिमबाट रोजगारीका लागि गएका थुप्रै व्यक्ति सम्पर्कविहीन भएका छन् । परशुराम नगरपालिका–४ का वडाध्यक्ष विश्रामसिंह बोहराका अनुसार कैलालीको गौरीगंगा स्थायी घर भएका एकजना रसुवा बाढीपछि सम्पर्कविहीन छन् । उनी वडाध्यक्ष बोहराका आफ्नै ज्वाइँ हुन् । उनको स्थायी घर कैलालीको गौरीगंगा रहेको र कामको सिलसिलामा रसुवामा रहेको बोहराले बताए ।

‘उहाँ मेरा आफ्नै ज्वाइँ हुनुहुन्छ। कामको सिलसिलामा रसुवामा काम गर्नुहुन्थ्यो,’ बोहराले भने, ‘अहिले सम्पर्कमा हुनुहुन्न । गाडी चलाउनुहुन्थ्यो ।’

बोहराका अनुसार गाउँका अन्य केही व्यक्ति पनि सम्पर्कविहीन रहेको जानकारी आएको छ । तीमध्ये दुई जना भने पछि सम्पर्कमा आएका छन् । बाँकी व्यक्तिहरूको अवस्थाबारे यकिन जानकारी नआएको उनले बताए ।
 

प्रतिकृया दिनुहोस

चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’

काठमाण्डौ, भदौ १२ । नेपाल–चीन सीमा क्षेत्रमा हिमपहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चिनियाँ

सरकारी विपद् कोषमा ३६ घण्टामा झन्डै २ अर्ब रुपैयाँ सङ्कलन

काठमाण्डौ, भदौ १२ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा झन्डै २ अर्ब रुपैयाँ सङ्कलन भएको छ । अर्थ मन्त्रालयका अनुसार बुधवार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ५३८ पुग्यो

काठमाण्डौ, भदौ १२ । रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५३८ जना पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन