बैतडीको सिगासमा वडा सचिव नहुँदा सेवाग्राहीलाई समस्या
बैतडी, साउन १९। बैतडीको सिगास गाउँपालिकाका विभिन्न वडामा दरबन्दीअनुसार वडा सचिव नहुँदा नियमित प्रशासनिक काम तथा सेवा प्रवाहमा समस्या देखिएको छ। वडा कार्यालयमा आवश्यक जनशक्ति अभाव हुँदा स्थानीय तहबाट प्रवाह हुने सेवा प्रभावित भएको सेवाग्राहीले गुनासो गरेका छन्।
गाउँपालिकाका ९ ओटै वडामा वडा सचिवको दरबन्दी रहे पनि सोअनुसार स्थायी कर्मचारी नहुँदा गाउँपालिकाका सबै वडा कार्यालयको काम करारमा कार्यरत तथा अन्य कर्मचारीमार्फत सञ्चालन गर्नुपर्ने अवस्था रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्करबहादुर बोहराले बताउनुभयो । वडा कार्यालयमा वडा सचिव नहुँदा नागरिकता सिफारिस, जन्म, मृत्यु दर्ता, विवाह दर्ता, बसाइँसराइ, सामाजिक सुरक्षा भत्ता नवीकरण तथा सिफारिस लगायतका दैनिक प्रशासनिक काममा कठिनाइ हुने गरेको बताइएको छ ।
बैतडीको दुर्गम भौगोलिक अवस्था रहेको सिगास गाउँपालिकामा वडा कार्यालयबाट सहज र छिटो सेवा पाउन नसक्दा सर्वसाधारण थप समस्यामा पर्ने गरेका छन्। गाउँपालिकाका ९ वटा वडामध्ये सात वटा वडामा करारका कर्मचारीहरूले वडा सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउन वडा तहसम्मै स्वीकृत दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गर्नुपर्ने स्थानीयको माग रहेको छ।
धौलीगङ्गाको बाँध पुनः खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
डडेल्धुरा, असोज १७ । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । एनएचपीसी लिमिटेड,
सुदूरपश्चिम र कर्णालीसहित पश्चिमी भूभागबाट मनसुन बाहिरियो
काठमाण्डौ, असोज १७ । यस वर्षको मनसुन नेपालबाट बाहिरिन शुरू भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै
बाजुरामा यात्रु सहायता कक्ष सञ्चालन
बाजुरा, असोज १७ । विजयादशमी, शुभ दीपावली तथा छठपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ











प्रतिकृया दिनुहोस