सूत्र प्रणाली अवरुद्ध हुँदा सेवाग्राही मर्कामा

कञ्चनपुर, साउन १३ । स्थानीय तहमा राजस्व संकलनका लागि प्रयोग हुँदै आएको सूत्र प्रणाली पछिल्लो समय पटक–पटक अवरुद्ध हुँदा कञ्चनपुरसहित देशभरका स्थानीय तहमा सेवाप्रवाह प्रभावित बनेको छ । प्रणालीले नियमित रूपमा काम नगर्दा राजस्व बुझाउन पुगेका सेवाग्राहीले घण्टौँ लाइनमा बस्नुपर्ने, पटक–पटक कार्यालय धाउनुपर्ने र अन्ततः सेवा नै नपाई फर्किनुपर्ने अवस्था सिर्जना भएको हो।

बेलौरी नगरपालिकाको राजस्व शाखामा सामान्य राजस्व बुझाउन आएका सेवाग्राहीले समेत एउटा भुक्तानी प्रक्रिया पूरा गर्न दुईदेखि तीन घण्टासम्म कुर्नुपर्ने अवस्था रहेको छ । समस्या दैनिकजसो दोहोरिन थालेपछि सेवाग्राहीले समय, श्रम र आर्थिक रूपमा समेत अनावश्यक सास्ती भोग्नुपरेको गुनासो गरेका छन् ।

चार दिनदेखि लगातार राजस्व बुझाउन कार्यालय धाइरहेका बेलौरीका करदाता श्रीकृष्ण न्यौपानेले सूत्र प्रणाली नचल्दा सामान्य कामका लागि पनि पटक–पटक आउनुपरेको बताए । 

करदाता नरेश सुनारले कार्यालय पुग्दा सूत्र प्रणाली नै नचलेको जानकारी पाएपछि तनाव भएको बताए । सूत्र प्रणाली अवरुद्ध हुँदा सेवाग्राही मात्र होइन, कर्मचारी पनि दबाबमा परेका छन् । सेवाग्राहीको लामो लाइन व्यवस्थापन गर्नुपर्ने, एउटै विवरण पटक–पटक प्रविष्ट गर्नुपर्ने र सेवा ढिलो हुँदा सेवाग्राहीको असन्तुष्टि सामना गर्नुपर्ने अवस्था रहेको कर्मचारीले बताए ।

बेलौरी नगरपालिकाका राजस्व शाखा प्रमुख अमरबहादुर रानाले महालेखा नियन्त्रक कार्यालयबाट सूत्र प्रणाली अध्यावधिक गर्ने क्रममा प्राविधिक समस्या देखिएको हुन सक्ने बताए । डिजिटल माध्यमबाट सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको सूत्र प्रणाली नै पटक–पटक अवरुद्ध हुँदा स्थानीय तहको दैनिक प्रशासनिक काम, राजस्व संकलन र नागरिकको सेवामा प्रत्यक्ष असर परेको छ । समस्या कहिले पूर्ण रूपमा समाधान हुन्छ भन्नेमा अन्योल कायम रहेकाले सेवाग्राहीले सम्बन्धित निकायसँग तत्काल प्राविधिक सुधार गरी निर्बाध सेवा सुनिश्चित गर्न माग गरेका छन् ।
 

प्रतिकृया दिनुहोस

भोटेकोशी बाढीमा एक हजार ४३६ शव भेटिए

काठमाडौँ, असोज ४ । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज बिहान ११ः०० बजेसम्म रसुवामा

दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी

कैलाली, असोज ४ । आर्थिक वर्ष २०८३÷८४ सुरु भएको दुई महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकार मातहत कार्यरत कर्मचारीले नियमित तलब पाउन सकेका

बजार र सडक अभावले बाजुराका स्याउ किसान निराश

बाजुरा, असोज ३ । उत्पादन बढ्दै गए पनि बजार, सडक, ढुवानी र भण्डारणको उचित व्यवस्था नहुँदा बाजुराका स्याउ किसान समस्यामा परेका छन्। बारीमा स्याउ