सरकारले दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनायो
काठमाण्डौ, कात्तिक १८ । सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक आईजीपी बनाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर एआईजी मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको हो ।
बैठकले आईजीपी कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० को सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ । एआईजी मनोज केसी अहिले नेपाल प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत हुनुहुन्छ ।
यसअघि आईजीपी कार्कीलाई सरकारले हटाउन चाहेको समाचार प्रकाशित भएको थियो । त्यही समाचरको स्रोत खोज्दै प्रहरी सञ्चारमाध्यममा प्रवेश गरेको थियो ।
कार्कीले गएको कात्तिक २७ गतेदेखि महानिरीक्षकको कार्यभार सम्हाल्नुभएको थियो ।
सरकारले आईजीपी कार्कीलाई जिम्मेवारीबाट हटाउनुको स्पष्ट कारण भनेको छैन । आज मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले जिम्मेवारीबाट हटाउनुलाई कारबाही गरेको भन्न नमिल्ने भने पनि जिम्मेवारीबाट हटाउनुको स्पष्ट कारण बताउनुभएन ।
यसैबीच सरकारले प्रहरी महानिरीक्षक फेर्ने निर्णय गरेपछि सरकार र सत्तारूढ दलबीच नै भनाइ बाझिएको छ । मन्त्रिपरिषद्को निर्णयपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले बदलिँदो परिस्थिति र संवेदनशील विषयमा पार्टीबाट पनि निर्देशन आएकाले जिम्मेवारी फेरबदल गरेको बताउनुभयो । तर सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले भने पार्टीले कुनै पनि व्यक्तिलाई हटाउन वा नियुक्ति गर्न निर्देशन नदिएको दाबी गर्नुभएको छ ।
पछिल्लो समय प्रहरीले सञ्चारगृह र पत्रकारमाथि धरपकड गरेपछि तत्कालीन आईजीपी कार्कीको चौतर्फी आलोचना हुँदै आएको थियो ।
च्याउखेतीबाट आत्मनिर्भर बन्दै अन्तराम जोशी
डडेल्धुरा, कार्तिक १८ । वैदेशिक रोजगारीका लागि विदेश पुगेका धेरै युवा स्वदेश फर्किएपछि फेरि रोजगारीको खोजीमा भौँतारिने गरेका छन् । तर डडेल्धुराका
डडेल्धुराको आलितालमा चितुवा देखिन थाल्यो, सतर्क रहन वन कार्यालयको आग्रह
डडेल्धुरा, कात्तिक १७ । डडेल्धुराको आलिताल गाउँपालिकाका विभिन्न क्षेत्रमा चितुवा देखिन थालेपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। चितुवाको
भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा
काठमाण्डौ, कात्तिक १७ । यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास
-

भारतमा दुर्घटनामा परी डडेल्धुराका तीन जनाको मृत्यु
-

चाडपर्वको बिदामा बालबालिकाको दैनिकी फेरिँदै, मोबाइलमा बढ्दै आकर्षण
-

स्थापना दिवसमा किसान सहकारीद्वारा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण
-

डडेल्धुरामा देउवा समूहको जिल्ला अधिवेशन सुरु
-

१०औँ राष्ट्रिय खेलकुदका लागि डडेल्धुरामा छनोट प्रतियोगिता सुरु





प्रतिकृया दिनुहोस