‘जुनकिरी हरिया चुरा’ बजारमा (भिडियो सहित)

डडेल्धुरा । असार ३० । संगीतकार झलक भट्टको ‘जुनकिरी हरिया चुरा’ बोलको गीत बजारमा आएको छ । गीतमा पवन रानाभाट र रेखा जोशीको स्वर छ भने संगीत तथा शब्द संगीतकार भट्टको रहेको छ ।

बिशेष गरि  नेपाली समाजमा साउनको महिनालाई बिशेष रुपमा हेरिन्छ । धार्मीक आस्थाका हिसावले यो महिना महत्वपुर्ण मानिन्छ । अझ साउने सोमबारका व्रतहरु बिशेष मानिन्छन । साउनको महिना बाटै मेला जात्रा तथा चाडपर्वहरु क्रमिकरुपमा शुरुहुने गर्छन । महिलाहरुले साउन महिनालाई बिशेष महत्वका साथ लिएका हुन्छन । ‘जुनकिरी हरिया चुरा’ बोलको गीतमा पनि यि यस्तै कुराहरुलाई दर्शाउन खोजिएको छ ।

गीतमा माया प्रेमको भावमा चुर्लुम्म डुबेर साउने महिनाका सोमबारिय व्रतहरुमा हात भरीका हरियाचुरा र मेहन्दीमा सजिएकी आफ्नी मायालु संग मन्दीरमा हुने भेटको क्षणलाई गीतका शब्दहरुमा प्रस्तुत गरिएको छ । गीतमा हातभरी मेहन्दी लगाई बिहानै गाउँ बाट दर्शनका लागि मन्दीर जाने र हातमा लेखिएको आफ्नो प्रेमीको नाम देखाउदै मन भरीको प्रेम दर्शाउने शब्द संयोजन गरीएको छ ।

उदयमान गायक रानाभाट पछिल्लो समयमा श्रोता तथा दर्शक माझ निकै लोकप्रिय बनिरहेका छन । गायक रानाभाटका लागि गायिका रेखा जोशीसँगको सहकार्यले थप लोकप्रिय बन्न सहयोग पुग्ने देखिन्छ ।

यूटुवमा गीत हेर्नका लागि भिडियो लिङ्क:

https://www.youtube.com/watch?v=OmdPM8ddI5Q&pp=ygUmSlVOS0lSSSAiSGFyaXlhIENodXJhIiAtIFBhd2FuIFJhbmFiaGE%3D

प्रतिकृया दिनुहोस

बालेनको ‘जय महाकाली’ ले राख्यो २४ घण्टाभित्र युट्युबमा धेरै हेरिने नेपाली गीतको रेकर्ड

काठमाडौं । प्रधानमन्त्रीको सपथको पूर्वसन्ध्यामा बालेन शाहले युट्युबमा सार्वजनिक गरेको गीत ‘जय महाकाली’ ले कीर्तिमान रचेको छ । बिहीबार बेलुका

डडेल्धुरामा फागुन १२ गतेबाट महोत्सव लाग्दै

डडेल्धुरा, फागुन १० । डडेल्धुरामा यही फागुन १२ गतेदेखि २२ गतेसम्म भव्य महोत्सव आयोजना हुने भएको छ। ‘दिगो विकास र अर्थतन्त्रको आधारः कृषि, पर्यटन,

देउडा गीत ‘गडबड गाउँपालिका’ बजारमा (भिडियो सहित)

डडेल्धुरा । माघ ०२ । कलाकार ध्वज महराको देउडा गीत ‘गडबड गाउँपालिका’ बजारमा आएको छ ।  टेक बहादुर ऐरको शब्द सिर्जना तथा ध्वज महरा र इब्सल