प्रभावकारि शिक्षण सिकाई, उपयुक्त बिधि र कक्षाकोठा ब्यबस्थापनका लागि २३ जना शिक्षकलाई सिकाई प्रदान 

डडेल्धुरा,जेठ  १० । डडेल्धुरामा प्रभावकारि शिक्षण सिकाई, उपयुक्त बिधि र कक्षाकोठा ब्यबस्थापनका लागि २३ जना शिक्षकलाई सिकाई प्रदान गरिएको छ । बालमैत्री शिक्षण सिकाई, प्रभावकारि शिक्षण गर्ने उपयुक्त बिधि तथा कक्षाकोठा ब्यबस्थापन सम्बन्धी बिभिन्न क्रियाकलाप बाट शिक्षकलाई सिकाई प्रदान गरिएको हो । 

लू निभाः बाल सरोकार समुहको आयोजनामा जेठ ७ गते देखि १० गते सम्म डडेल्धुरामा कार्यत्रम सञ्चालन भएको हो । बाल मनोबिज्ञानलाई उच्चतम प्राथमिक्तामा राखेर कक्षा शिक्षण गर्नु पर्ने बारे बिभिन्न रचनात्मक क्रियाकलाप, खेल तथा कक्षा क्रियाकलापमा बालवालिकाको सक्रिय तथा अर्थपुर्ण सहभागिता गरि शिक्षण सिकाई गर्नु पर्ने लू निभाः बाल सरोकार समुहका कार्यक्रम संयोजक श्री कृष्ण गोबिन्द महर्जन ले जानकारी दिए । 

फिनल्याण्ड विदेशी मामिला मन्त्रालयको आर्थिक सहयोग, इनटरपेडिया फिनल्याण्डको प्राविधिक सहयोगमा लू निभाः द्वारा संचालित शिक्षा र संरक्षणमा समुदायको नेतृत्व परियोजना अन्र्तगत डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका वार्ड न. १, २ र भागेश्वर गाउँपालिका वार्ड न. ४ र ५ मा सन २०२३ देखि २०२६ सम्मका लागि संचालनमा रहेको छ । बालमैत्री शिक्षण सिकाई बिधि तथा कक्षा कोठा ब्यबस्थापन बिषयक शिक्षक कार्यशाला गोष्ठिमा नबदुर्गा गाउँपालिका अन्तरगत का वडा नं. १ र २ का १२ सामुदायिक बिद्यालयहरु र भागेश्वर गाउँपालिका अन्तरगत वडा नं. ४ र ५ का ११ सामुदायिक बिद्यालयहरु गरि २३ बिद्यालय बाट १÷१ जना शिक्षक सहभागि हुने गरि जम्मा २३ जना शिक्षकहरुको सहभागिता रहेको गियो ।  

चार दिन सम्म संचालन भएको कार्यशाला गोष्ठिमा प्रशिक्षक द्वय युवराज लौडारी र पुष्पराज जोशीले सहजिकरण गरेका थिए । लू निभाः बाल सरोकार समुह बालबालिकाहरुको हकहित र अधिकारको संरक्षण तथा विशेषतः बालबालिकाको शिक्षाको अधिकार अन्तरगत शैक्षिक गुणस्तर प्रबद्र्धनका लागि बिगत एक दशक देखि डडेल्धुरा जिल्लाका बिभिन्न स्थानिय तहसंग समन्वय गरि काम गदै आएको छ ।  
 

प्रतिकृया दिनुहोस

डडेल्धुराको आलितालमा चितुवा देखिन थाल्यो, सतर्क रहन वन कार्यालयको आग्रह

डडेल्धुरा, कात्तिक १७ । डडेल्धुराको आलिताल गाउँपालिकाका विभिन्न क्षेत्रमा चितुवा देखिन थालेपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। चितुवाको

भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा

काठमाण्डौ, कात्तिक १७ । यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास

स्थापना दिवसमा किसान सहकारीद्वारा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण

डडेल्धुरा: किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अमरगढी शाखाले आफ्नो स्थापना दिवसको अवसरमा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ।

↑