बैतडीको पाटन नगरपालिकाले टिकटक र रिल प्रतियोगिता सञ्चालन गर्दै

बैतडी, मंसिर ९ । लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले बैतडीको पाटन नगरपालिकाले टिकटक तथा फेसबुक रिल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई लक्षित गर्दै नगरपालिकाले सामाजिक सञ्जालमार्फत सचेतनामूलक सन्देश प्रवाह गर्न प्रतियोगिता आयोजना गर्न लागेको हो ।

‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता, पीडितको संरक्षण, दण्डहीनताको अन्त्य, न्यायको सुनिश्चितता’ भन्ने नारासहित बुधबारदेखि सुरु भएको अभियानका क्रममा प्रतियोगिता सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले मंसिर ९ गतेदेखि २४ गतेसम्म नगरपालिकाले उपलब्ध गराएको इमेल ठेगानामा आफ्नो भिडियो पठाउन सक्नेछन् । भिडियो लैङ्गिक हिंसा न्यूनीकरण, हिंसाविरुद्धको सचेतना र सकारात्मक सामाजिक सन्देश दिने खालको हुनुपर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार प्रतियोगिताका लागि तयार गरिने भिडियो पूर्ण मौलिक, आफ्नै भाषामा निर्मित तथा सभ्य भाषा र शैलीमा हुनुपर्नेछ । भिडियोको अवधि कम्तीमा १५ सेकेन्डभन्दा बढी हुनुपर्ने र एक व्यक्तिले एकभन्दा बढी भिडियोसमेत पठाउन सक्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । तर छनोट प्रक्रियामा भने एक व्यक्तिको एउटा मात्र भिडियो समावेश गरिने बताईएको छ ।

प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद पुरस्कारसहित सम्मान गरिने नगरपालिकाले जनाएको छ । जसअनुसार प्रथम हुनेले १५ हजार, द्वितीय हुनेले १० हजार र तृतीय हुनेले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

भिडियोमा प्रस्तुत गरिएको सन्देशको प्रभावकारितासँगै सामाजिक सञ्जालमा प्राप्त लाइक, भ्युज, कमेन्ट र शेयरलाई समेत मूल्याङ्कनको आधार बनाइने नगरपालिकाले जनाएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई लैङ्गिक हिंसाविरुद्धको अभियानसँग जोड्दै युवासहित आम नागरिकलाई सचेतना फैलाउने गतिविधिमा सहभागी गराउने नगरपालिकाको उद्देश्य रहेको छ ।

प्रतिकृया दिनुहोस

औद्योगिक प्रयोजनमा हदबन्दी छुट प्राप्त जग्गा धितो राख्न सकिने

काठमाडौं, मंसिर ९ । सरकारले औद्योगिक प्रयोजनका लागि हदबन्दी छुट प्राप्त जग्गा धितो राख्न सकिने व्यवस्था गर्ने भएको छ । सरकारले भूमिसम्बन्धी ऐन २०२१

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

तेहरान, मंसिर ९। इरानले हर्मुज जलघाँटीमा आफ्नो हवाई रक्षा प्रणाली प्रयोग गरी अमेरिकी सेनाका दुई मानवरहित विमान ९ड्रोन० खसालेको दाबी गरेको छ । इरानी

कैलालीमा किसानबाट १५ हजार ८५२ क्विन्टल धान खरिद

काठमाण्डौ, मंसिर ९ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका ६ वटा खरिद उपकेन्द्रमार्फत किसानको १५ हजार ८५२

↑