कैलालीमा किसानबाट १५ हजार ८५२ क्विन्टल धान खरिद

काठमाण्डौ, मंसिर ९ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका ६ वटा खरिद उपकेन्द्रमार्फत किसानको १५ हजार ८५२ क्विन्टल धान खरिद गरेको छ ।

कार्यालयका प्रमुख दीपक थापाकाअनुसार यही मंसिर १ गतेदेखि शुरु भएको धान खरिद प्रक्रियाअन्तर्गत अहिलेसम्म झण्डै १६ हजार क्विन्टल धान खरिद गरिएको हो ।

सरकारले चालू आर्थिक वर्ष २०८३र८४ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ निर्धारण गरेको छ । त्यही मूल्यमा किसानबाट धान खरिद भइरहेको कार्यालयका प्रमुख थापाले जानकारी दिनुभयो ।

यस वर्ष कैलालीका लागि ३० हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको छ । गएको वर्ष ३५ हजार क्विन्टल कोटा रहेकामा यस वर्ष पाँच हजार क्विन्टल कोटा घटेको हो ।

कम्पनीले कैलालीका मोहनपुर, टीकापुर, सत्ती, गौरीगङ्गा, भजनी र जोशीपुर खरिद उपकेन्द्रबाट धान खरिद गरिरहेको छ । सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान बिक्री गर्न पाउँदा किसानलाई राहत पुगेको छ ।

तर, यस वर्ष खरिद कोटा घटेकोमा गुनासो आइरहेको र कोटा बढाउन केन्द्रमा पहल भइरहेको कार्यालयका प्रमुख थापाले बताउनुभएको छ । रासस

प्रतिकृया दिनुहोस

बैतडीको पाटन नगरपालिकाले टिकटक र रिल प्रतियोगिता सञ्चालन गर्दै

बैतडी, मंसिर ९ । लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले बैतडीको पाटन नगरपालिकाले टिकटक तथा फेसबुक रिल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

औद्योगिक प्रयोजनमा हदबन्दी छुट प्राप्त जग्गा धितो राख्न सकिने

काठमाडौं, मंसिर ९ । सरकारले औद्योगिक प्रयोजनका लागि हदबन्दी छुट प्राप्त जग्गा धितो राख्न सकिने व्यवस्था गर्ने भएको छ । सरकारले भूमिसम्बन्धी ऐन २०२१

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

तेहरान, मंसिर ९। इरानले हर्मुज जलघाँटीमा आफ्नो हवाई रक्षा प्रणाली प्रयोग गरी अमेरिकी सेनाका दुई मानवरहित विमान ९ड्रोन० खसालेको दाबी गरेको छ । इरानी

↑