डडेल्धुराको जगन्नाथ मन्दिरमा ‘खोलेइ जाँत’ सुरु
डडेल्धुरा, मंसिर ९ । डडेल्धुराको प्रसिद्ध धार्मिक स्थल जगन्नाथ देवताको मन्दिरमा परम्परागत ‘खोलेइ जाँत’ सुरु भएको छ। अजयमेरु गाउँपालिका–३ र ४ को सीमानामा रहेको जगन्नाथ मन्दिरमा बुधबार राति ‘रतेडी’ र बिहीबार दिउँसो ‘दिउसेडी’ मेला लाग्ने भएको हो।
स्थानीय भाषामा ‘खोलेइ जाँत’ नामले परिचित यस मेलामा राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भन्ने गरिन्छ। गुनपाल, चौडी, चिपुर र मड गरी चारवटै गाउँबाट बाजागाजासहित ‘देउरो’ मन्दिरमा ल्याएर जात्रा सुरु गर्ने परम्परा छ।
मेलाको मुख्य दिन मन्दिरमा पूजाआजा गर्ने र प्रसादका रूपमा ‘तिलाख’ ग्रहण गर्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ। सुदूरपश्चिमका विभिन्न जिल्लाबाट समेत श्रद्धालुहरू जगन्नाथ देवताको दर्शनका लागि आउने गरेका छन्।
परम्परागत धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस मेलालाई मर्यादित र व्यवस्थित बनाउन मन्दिर तथा मेला परिसरमा मदिराको बिक्रीवितरण र सेवनसँगै जुवातास खेल्न पूर्ण रूपमा निषेध गरिएको छ।
बैतडीको पाटन नगरपालिकाले टिकटक र रिल प्रतियोगिता सञ्चालन गर्दै
बैतडी, मंसिर ९ । लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले बैतडीको पाटन नगरपालिकाले टिकटक तथा फेसबुक रिल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
औद्योगिक प्रयोजनमा हदबन्दी छुट प्राप्त जग्गा धितो राख्न सकिने
काठमाडौं, मंसिर ९ । सरकारले औद्योगिक प्रयोजनका लागि हदबन्दी छुट प्राप्त जग्गा धितो राख्न सकिने व्यवस्था गर्ने भएको छ । सरकारले भूमिसम्बन्धी ऐन २०२१
हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी
तेहरान, मंसिर ९। इरानले हर्मुज जलघाँटीमा आफ्नो हवाई रक्षा प्रणाली प्रयोग गरी अमेरिकी सेनाका दुई मानवरहित विमान ९ड्रोन० खसालेको दाबी गरेको छ । इरानी
-

उग्रतारा मेला नजिकिएसँगै भक्तजन र पर्यटकको घुइँचो, दैनिक हजारभन्दा बढीको आवागमन
-

लगातार दुई फाइनलको हार भुलाउँदै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, मन्सीको कीर्तिमानी शतक
-

डडेल्धुराको प्रसिद्ध बडाल जाँत सुरु
-

कर सप्ताहको तेस्रो दिन डडेल्धुरामा करदाता शिक्षा तथा अन्तरक्रिया
-

२५ स्टाफ नर्स सहित डडेल्धुरा अस्पतालमा ५६ कर्मचारी माग





प्रतिकृया दिनुहोस