बैतडीमा ब्यारेकको कोठामा प्रहरी जवान मृत फेला

बैतडी जिल्ला अदालतमा कार्यरत एक प्रहरी जवान आफ्नै ब्यारेकको कोठामा मृत फेला परेका छन्। दार्चुलाको लेकम गाउँपालिका–४ घर भएका प्रहरी जवान भुपेन्द्रराम पार्की मंगलबार राति ब्यारेकभित्रै मृत अवस्थामा फेला परेका हुन्।

ड्युटी सकेर अदालत परिसरमा रहेको ब्यारेक पुगेका पार्की आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। कोठाको ढोका बन्द रहेको अवस्थामा उनी मृत भेटिएका थिए।

स्रोतका अनुसार आफन्त घरबाट आएपछि बुधबार बिहान शव परीक्षण गरिएको थियो। त्यसपछि शव परिवारको जिम्मा लगाइएको छ। घटनाको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
 

प्रतिकृया दिनुहोस

बैतडीको पाटन नगरपालिकाले टिकटक र रिल प्रतियोगिता सञ्चालन गर्दै

बैतडी, मंसिर ९ । लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले बैतडीको पाटन नगरपालिकाले टिकटक तथा फेसबुक रिल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

औद्योगिक प्रयोजनमा हदबन्दी छुट प्राप्त जग्गा धितो राख्न सकिने

काठमाडौं, मंसिर ९ । सरकारले औद्योगिक प्रयोजनका लागि हदबन्दी छुट प्राप्त जग्गा धितो राख्न सकिने व्यवस्था गर्ने भएको छ । सरकारले भूमिसम्बन्धी ऐन २०२१

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

तेहरान, मंसिर ९। इरानले हर्मुज जलघाँटीमा आफ्नो हवाई रक्षा प्रणाली प्रयोग गरी अमेरिकी सेनाका दुई मानवरहित विमान ९ड्रोन० खसालेको दाबी गरेको छ । इरानी

↑